जनता समाजवादी पार्टी (जसपा), नेपालको सप्तरी जिल्ला अध्यक्ष पदमा केदार यादव विजयी भएका छन्।
पार्टीको जिल्ला अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको चुनावमा निकटतम् प्रतिस्पर्धी उमेश यादवलाई ३० मतान्तले हराउँदै केदार अध्यक्ष चुनिएका हुन्।
मंगलबार राजविराजमा जसपा अध्यक्ष पदका लागि भएको निर्वाचनमा ५ सय ४ मत परेको थियो।
जसमा २ सय ३५ मत ल्याएर जसपा नेपाल सप्तरीको अध्यक्षमा केदार यादव चुनिएका हुन्।
यादव यसअघि पनि जसपा सप्तरीको अध्यक्ष नै थिए।
यसैगरी जिल्ला उपाध्यक्षमा लक्ष्मण यादव विजयी भएका छन्। उनले निकटतम प्रतिस्पर्धी हरेराम यादवलाई जम्मा ९ मतान्तरले हराएका हुन्।
यस्तै पार्टीको जिल्ला सचिवमा निरज मुक्ति, उपसचिवमा रिता चौधरी र रामेश्वर यादव विजयी भएका छन् भने कोषाध्यक्षमा अमरेन्द्र यादव चुनिएका छन्।
साउन १४ गते जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले उदघाटन गरेको जिल्ला अधिवेशनले निर्वाचन प्रक्रियाबाट मंगलबार बिहान जिल्ला पदाधिकारीको टुंगो लगाएको हो।
जिल्ला कार्यसमितिका सदस्यहरूका लागि भएको निर्वाचनको भने आज दिउँसो मतगणना सुरु हुने बताइएको छ।
Shares

प्रतिक्रिया