मधेस


अमरेशलाई बधाई दिँदै गगनले भने: सर्लाही ४ का समस्या सम्बोधन गर्न काम गरिरहनेछु

अमरेशलाई बधाई दिँदै गगनले भने: सर्लाही ४ का समस्या सम्बोधन गर्न काम गरिरहनेछु

नेपालखबर
फागुन २४, २०८२ आइतबार ११:३८, काठमाडौँ

नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही क्षेत्र नम्बर ४ मा आफूलाई भारी मतले हराएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. अमरेश सिंहलाई बधाई दिएका छन्। 

थापाले आइतबार बिहान सामाजिक सञ्जालमार्फत सिंहलाई कार्यकाल सफलताका लागि शुभकामनासमेत दिएका छन्। 

उनले लेखेका छन्, ‘सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकोमा डा. अमरेश सिंहलाई हार्दिक बधाई तथा शुभकामना!’

यस क्रममा सभापति थापाले आफूलाई मत हाल्ने सबैप्रति आभार प्रकट गर्दै हारे पनि सर्लाही-४ मा देखिएका समस्या सम्बोधन गर्न आफूले सक्ने काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

‘मलाई माया, विश्वास र मत दिनुहुने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु’, उनले लेखेका छन्, ‘यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न, मेरो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहनेछु।’

निर्वाचन आयोगका अनुसार सर्लाही-४ मा रास्वपाका उम्मेदवार सिंह ३५ हजार ६८८ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेस सभापति थापाले २२ हजार ८३१ मत प्राप्त गरे। 

त्यस्तै नेकपा एमालेका अमनिशकुमार यादवले ८ हजार ६५४, जनमत पार्टीका राकेशकुमार मिश्रले १ हजार ३६५ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का रजनीश रायले १ हजार २५९ मत ल्याएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad