राजनीति


अघिल्लो निर्वाचनमा पाँचौँ भएका शिव यादव सिराहा-२ बाट भारी मतान्तरले विजयी

अघिल्लो निर्वाचनमा पाँचौँ भएका शिव यादव सिराहा-२ बाट भारी मतान्तरले विजयी

नेपालखबर
फागुन २४, २०८२ आइतबार १२:१०, काठमाडौँ

अघिल्लो निर्वाचनमा ‘हाम्रो नेपाली पार्टी’बाट प्रतिनिधि सभाको उम्मेदवार बनेर पाँचौँ स्थान प्राप्त गरेका शिव यादव यो निर्वाचनमा सिराहा २ बाट विजयी भएका छन्। 

३० वर्षीय यादव राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका हुन्। 

यादवले ३९ हजार ५६१ मत प्रप्त गर्दा उनका प्रतिस्पर्धी काङ्ग्रेसका रामचन्द्र यादवले जम्मा १२ हजार ८१४ मत ल्याएका छन्। 

उनीहरुबीचको मतान्तर २६ हजार २४७ छ। 

यहाँ नेकपा एमालेका नवीन कुमार यादवले ६ हजार ७१३ मत ल्याएका छन्।  

सुशासनको मुद्दालाई मुख्य एजेण्डा बनाएर अगाडि बढेका शिव यादव भदौ २३ गते भएको जेनजी आन्दोलनपछि चर्चामा आएका पात्र हुन्। 

काउन्सिल अफ जेनजी (सुदन गुरुङ समूह) का मधेश प्रदेश संयोजकसमेत रहेका उनी जेनजीका मुद्दालाई सदनमा लिएर जानको लागि उम्मेद्वारको रुपमा अगाडि बढेका थिए।

तर, शिव जेनजी आन्दोलनमा मात्र नभइ विगद ५–७ वर्षदेखि नै मधेशका जनता र उखु किसानको हकहितमा निरन्तर सडकबाट आवाज उठाउदै आइरहेका युवा हुन्। 

अब भने उनले सदनमा नै आफ्ना विषयमा जोडदार ढंगले बोल्न पाउने भएका हुन्।  

३० वर्षीय शिव जेनजी उमेर समूहको नभए पनि भदौ २३ को जेनजी आन्दोलनमा भ्रष्टचार विरुद्ध आवाज उठाउदै सडकमा उत्रिएका थिए। 

आन्दोलनपछि उनी सुदन गुरुङ संयोजक रहेको काउन्सिल अफ जेनजीका मधेश प्रदेश संयोजक बने। र, निरन्तर सरकारबाट जेनजीको लागि हुने छलफल र निर्णयहरूमा संलग्न रहँदै आएका थिए। 

आन्दोलनमा सक्रिय रुपमा लागेका केही जेनजीहरूले मात्र रास्वपामा टिकट पाएका छन्। जसमध्येका एक शिव हुन्।

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा उनी हाम्रो नेपाली पार्टी (लौरो चिन्ह) बाट सोही क्षेत्रमा चुनाव लडेका थिए। त्यतिबेला उनले ६९९ मत ल्याउँदै पाँचौँ स्थानमा रहे। 

उनको क्षेत्रबाट जनता समाजवादी पार्टीबाट राज किशोर यादव २४ हजार १७८ मत ल्याएर विजयी भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad