कर्मचारीले आफ्नो बढुवा आफैं गर्न सक्छन् र?
धेरैको उत्तर हुन्छ– सक्दैनन्। तर त्रिभुवन विश्वविद्यालयमा कर्मचारी आफैंले आफ्नो बढुवा गर्न सक्छन्।
पदमा बस्यो, नियम आफूअनुकूल बनायो अनि बढुवा भइहाल्यो। लामो समयदेखि त्रिवि यस्तै बेथितिको मारमा गुज्रिरहेको छ।
त्रिविका तीन रजिस्ट्रार पदमै रहेका बेला सहप्राध्यापकबाट प्राध्यापकमा बढुवा भएका छन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा सूर्यप्रसाद पाण्डेले लेखेका हुन्।
सहप्राध्यापकबाट प्राध्यापकमा बढुवा भएका रजिस्ट्रार डिल्ली उप्रेती पछिल्ला व्यक्ति हुन्।
यसअघि चन्द्रमणि पौडेल र गीताभक्त जोशी आफू अनुकूल नियम परिवर्तन गरेर बढुवा भएका थिए।

प्रतिक्रिया