समाज


रसुवागढी जलविद्युत् आयोजनाकाे सुरुङमा पहिरो खस्याे, १७ मजदुर थुनिए

रसुवागढी जलविद्युत् आयोजनाकाे सुरुङमा पहिरो खस्याे, १७ मजदुर थुनिए

नेपालखबर
असार ६, २०७६ शुक्रबार ०:३७,

निर्माणाधिन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा पहिरो जाँदा १७ मजदुर थुनिएका छन्।

सुरुङको प्रवेश मार्गमा बिहीबार राती साँढे ८ बजे सुख्खा पहिरो गएको हो।

सुरुङभित्र ११ नेपाली र ६ चिनियाँ मजदुरले काम गरिरहँदा माथिबाट चट्टानसहितको पहिरो झरेर सुरुङमार्ग थुनिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी जानकारी दिए।

१० घण्टादेखि मजदुर सुरुङभित्र थुनिए पनि उनीहरु सुरक्षित रहेका प्रजिअ भण्डारीले बताए।

‘भित्रका मजदुर र बाहिर रहेका उद्धारकर्मीबीच रेडियो सेटको माध्यमले संवाद भइरहेको छ,’ प्रजिअ भण्डारीले भने, ‘सुरुङको मुख थुनिए पनि भित्र अक्सिजन पुगेको छ। थुनिएका मजदुरले पनि आफूहरु सुरक्षित रहेको जानकारी दिएका छन्।’

घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले पहिरो पन्छाएर मजदुरलाई बाहिर निकाल्ने प्रयास गरेपनि अँध्यारोमा संभव नभएको प्रहरीले जनाएको छ।

घटनास्थलमा प्रहरीका सात, सेनाका १२ र सशस्त्रका २० गरी ३९ जना घटिएका छन्। उनीहरु रातभरी घटनस्थलमै बसेका छन्।

आज (शुक्रबार) बिहान ७ बजेदेखि नै उद्धारकर्मी सुरुङभित्र थुनिएका मजदुरको उद्धारमा खटिएका छन्।

प्रजिअ भण्डारीसहितको टोली पनि बिहानै घटनास्थलमा पुगेको छ।

नेपाल–चीन सीमा क्षेत्र रसुवागढी नजिकै एक सय ११ मेगावाटका जलविद्युत् आयोजना निर्माण भइरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad