जनकपुरधाम उपमहानगरपालिकाभित्र राजगुठीअन्तर्गत पर्ने विभिन्न पोखरी तथा पोखरीका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारले निर्देशन दिएको छ।
गुठीको जग्गा संरक्षण र व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन–२०६२ कार्यान्वयन समितिले सार्वजनिक सूचना जारी गर्दै विशहरा पोखरी, दशरथ तालाउ, अर्गजा सर, रत्न सागर पोखरी, मुरली सर, दीर्घिका सर, गोडधोई पोखरीलगायतका जलाशय तथा तिनका डिल क्षेत्रमा भएका अनधिकृत संरचना र अतिक्रमण हटाउन निर्देशन दिएको हो।
विभिन्न व्यक्ति तथा संस्थाले गुठीअन्तर्गतका पोखरी र तिनका डिल क्षेत्रमा अनधिकृत रूपमा संरचना निर्माण गरी भोगचलन गर्दै आएको पाइएको समितिले जनाएको छ।
सूचनामा तोकिएको समयभित्र अतिक्रमण हटाइएको नपाइए कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने उल्लेख छ।
Shares

प्रतिक्रिया