छापा खबर


प्रचण्डले फेरि उठाए ‘आलोपालो’ प्रधानमन्त्रीको कुरा

प्रचण्डले फेरि उठाए ‘आलोपालो’ प्रधानमन्त्रीको कुरा

नेपालखबर
असार ६, २०७६ शुक्रबार ०:४९,

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् चाँडै पुनर्गठन हुने बताएका छन्।

यसका लागि प्रधानमन्त्री केपी ओलीसँग छलफल भइरहेको उनको भनाइ छ।

प्रेस संगठन कास्कीको आयोजनामा बिहीबार पोखरामा भएको पत्रकार सम्मेलनमा उनले यो विषय प्रधानमन्त्रीको क्षेत्राधिकारभित्र पर्ने भएकाले उनले चाहेका बेला पुनर्गठन हुने बताए। यो खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ।

आलोपालो प्रधानमन्त्री हुने विषयमा पत्रकारले सोधेको प्रश्नमा पूर्वप्रधानमन्त्री दाहालले पार्टी एकता हुँदा भएको सहमति, समझदारी र हस्ताक्षर गर्दा यसबारे प्रस्ट उल्लेख भएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad