छापा खबर


ललिता निवासमा शंकास्पद फैसला : एकाएक किन रोकियो न्यायाधीशबारेकाे छानबिन?

ललिता निवासमा शंकास्पद फैसला : एकाएक किन रोकियो न्यायाधीशबारेकाे छानबिन?

नेपालखबर
कात्तिक २१, २०७६ बिहिबार ३:१२,

बहुचर्चित ललिता निवास प्रकरणमा जिल्ला अदालत काठमाडौंबाट भएको फैसलामाथि अनुसन्धान थालेको न्यायपरिषद् एकाएक निष्क्रिय छ।

ललिता निवास प्रकरणसँग जोडिएका दुई मुद्दामा तत्कालीन जिल्ला न्यायाधीश रमेशराज पोखरेलले ‘शंकास्पद’ फैसला गरेको समाचार कान्तिपुरले प्रकाशित गरेलगत्तै न्यायपरिषद्ले छानबिनका लागि प्रमाण संकलन गरेको थियो।

उच्च अदालत पाटनबाट समेत मिसिल ल्याएको न्यायपरिषद्ले त्यसपछि छानबिन अघि बढाएको छैन।

‘पत्रपत्रिकामा प्रकाशित विषयवस्तुमाथि समेत आवश्यक परे छानबिन गर्ने हाम्रो नीतिअनुसार गत साउन पहिलो साता त्यससँग सरोकार पक्षबाट आवश्यक कागजात झिकाएका थियौं,’ परिषद् उच्च स्रोतले भन्यो, ‘त्यसपछि सबै चुपचाप बसेका छन्। कुनै दबाब वा प्रभावले छानबिन अघि बढ्न नसकेजस्तो देखिन्छ।’ यो खबर आजको कान्तिपुरमा कृष्ण ज्ञवालीले लेखेका छन्।

काठमाडौं जिल्ला अदालतका तत्कालीन एक नम्बर न्यायाधीश रमेशराज पोखरेलले दुवै मुद्दाको फैसला गरेका थिए। साउन पहिलो साता सुरु भएको छानबिन साढे तीन महिनासम्म पुरानै अवस्थामा छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad