छापा खबर


हत्या आरोपमा हिरासतमा रहेका आलम धराैटीमा छुटे पनि लगत्तै पक्राउ पर्ने

हत्या आरोपमा हिरासतमा रहेका आलम धराैटीमा छुटे पनि लगत्तै पक्राउ पर्ने

नेपालखबर
कात्तिक २३, २०७६ शनिबार ०:३४,

कांग्रेस सांसद एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमको सम्पत्ति छानबिन हुने भएको छ।

कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ भण्डारणको आरोपमा प्रहरीको हिरासतमा रहेका आलमलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग (पुल्चोक)ले जिल्ला प्रहरी कार्यालय (रौतहट)लाई बिहीबार पत्र पठाई तत्काल छुट्ने अवस्था भए विभागमा उपस्थित गराइदिन आग्रह गरेको छ।

जिल्ला अदालतले धरौटी वा तारेखमा छाडे पनि सम्पत्ति छानबिनको दायरामा ल्याउन आलमलाई प्रहरीले पुनः पक्राउ गरी शुद्धीकरण विभागमा पठाउनेछ। राैतहटबाट शिव पुरीले लेखेका यो खबर आजको कान्तिपुरमा छापिएकाे छ। 

सम्पत्ति शुद्धीकरण ऐन २०६४ को २१ (२) बमोजिम उनको सम्पत्ति छानबिन हुनेछ। आलमविरुद्ध थुनछेक बहस चलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad