छापा खबर


यी हुन् बर्खास्तीमा पर्ने तीन प्रदेशमन्त्री

यी हुन् बर्खास्तीमा पर्ने तीन प्रदेशमन्त्री

नेपालखबर
कात्तिक २३, २०७६ शनिबार ०:२८,

प्रदेश सरकारका एकपछि अर्को मन्त्री विवादमा तानिएका छन्।

कतिपय मन्त्रीविरुद्ध फौजदार मुद्दा नै दायर भएको छ भने केही बर्खातीमा परेका छन्।

हालसम्म प्रदेशका तीन मन्त्रीले पद गुमाएका खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

केही मन्त्री फौजदार मुद्दा लागेर पनि पदमै बसेका छन्।

गत वर्ष कात्तिकमा सदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारीले पद गुमाएका थिए।

महिलासँग अश्लिल बोलेको तथा उनको गाडीले मोटरसाइकललाई ठक्कर दिएको विषयमा विवाद भएपछि उनलाई बर्खास्त गरिएको थियो।

त्यसैगरी बैँकिङ कसुर मुद्दा चलेपछि कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री खड्गबहादुर खत्रीले गत भदौमा पद गुमाएका थिए।

ठेकेदारसमेत रहेका खत्रीको कम्पनीले सडकको ठेक्काको क्रममा नक्कली बैँक ग्यारेन्टी पेस गरेको थियो।

उनीविरुद्धको मुद्दा उच्च आलतमा विचाराधिन छ।

पद गुमाउने पहिलो प्रदेशमन्त्री केशव स्थापित हुन्।

प्रदेश ३ का भौतिक योजना तथा विकासमन्त्री रहेका उनलाई १६ भदौ ०७५ मा मुख्यमन्त्री डोरमणि पौडेलले बर्खास्त गरेका थिए।

मन्त्रिपरिषद्को बैठकमा मुख्यमन्त्री पौडेललाई गालीगलौज र दुव्यवहार गरेपछि उनलाई हटाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad