छापा खबर


प्रधानमन्त्री ‘फास्ट ट्रयाक’ मा!

प्रधानमन्त्री ‘फास्ट ट्रयाक’ मा!

नेपालखबर
कात्तिक २४, २०७६ आइतबार १:३२,

प्रधानमन्त्री केपी ओलीले कार्यशैली बदलेर ‘फास्ट ट्र्याक’बाट अघि बढ्ने प्रस्ट संकेत गरेका छन् ।

छिटो परिणाममुखी कार्यसम्पादनका लागि सल्लाहकार र सचिवालय समूहका सदस्यलाई राजीनामा दिएर सहयोग गर्न निर्देशन दिएका छन् ।

शुक्रबार बसेको सल्लाहकार र सचिवालय समूहको संयुक्त बैठकमा मुख्य सल्लाहकार विष्णु रिमालले अन्य सदस्हरूलाई प्रधानमन्त्तीको सन्देश सुनाएका थिए ।

यससँगै सल्लाहकार र स्वकीय सचिवालयका १३ जनाले १ मंसिरबाट लागू हुने गरी सामूहिक रूपमा राजीनामा दिने तयारी गरेका खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

‘प्रधानमन्त्रीज्यूले कामलाई गति दिन चाहनुभएको छ, त्यसका लागि सल्लाहकार समूह र स्वकीय सचिवालय समूहको पनि पुनर्संरचना गर्नुपर्ने हुन सक्छ, कसैलाई बस्नुस्, कसैलाई जानुस् भन्न पनि उहाँलाई अप्ठ्यारो होला, त्यसैले हामी सबैले १ मंसिरबाट लागू हुने गरी सबैले सामूहिक राजीनामा दिएर प्रधानमन्त्रीको योजनामा सहयोग गरौँ,’ रिमालको नेतृत्वमा सम्पन्न संयुक्त बैठकपछिको निष्कर्ष सुनाउँदै सचिवालयका एक सदस्यले भने ।

तिहारलगत्तै स्वास्थ्य स्थिति प्रतिकूल बनेपछि प्रधानमन्त्रीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको परामर्शपछि फास्टट्र्याकबाट काम अघि बढाउने संकेत गर्दै पहिलो चरणमा केही सल्लाहकार र सचिवालय सदस्यहरू हेरफेर गर्न खोजेका हुन् ।

सल्लाहकार र सचिवालयमा हेरफेरपछि दोस्रो चरणमा मन्त्रिमण्डल पुनर्गठन गर्ने प्रधानमन्त्री ओलीको
तयारी छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा.कुन्दन अर्यालले राजीनामा दिन प्रधानमन्त्रीबाट निर्देशन आएको विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । ‘मलाई यस विषयमा कुनै जानकारी छैन,’ अर्यालले भने, ‘मसँग यो प्रश्नको अहिले कुनै जवाफ छैन ।’

ओली समूहभित्र एक वर्षदेखि असन्तुष्टि
जनस्तरबाट भइरहेको आलोचनाबारे प्रधानमन्त्रीलाई अवगत नगराउने, समूहकै निकटस्थ नेताहरूलाई भेटघाटका लागि अवसर नदिने गरेको भन्दै सल्लाहकार समूहका सदस्यहरूको भूमिकाप्रति प्रधानमन्त्रीनिकट ठूलो समूह असन्तुष्ट थियो ।

विशेषगरी, खगराज अधिकारी, आनन्दप्रसाद पोखरेल, महेश बस्नेत, महेन्द्रबहादुर पाण्डे, कर्णबहादुर थापा, सुमन प्याकुरेल, निरुदेवी पाललगायत असन्तुष्ट थिए ।

‘प्रधानमन्त्रीज्यूले मास्क लगाएर हिँड्नुपर्ने दिन अब गयो भनेर गरेको सम्बोधनको जनस्तरमा व्यापक आलोचना भएको थियो, तर त्यस्ता कुरा पनि उहाँलाई जानकारी गराएन, धेरै फिल्डको सूचनाबाट उहाँ वञ्चित हुनुभयो, एकप्रकारले खोपीकै देवताजस्तो पनि बनाइएको थियो, शुभचिन्तकहरूलाई सल्लाहकारहरूले पूरै आउट गरेर घेराबन्दी गरेर राखिएको थियो,’ असन्तुष्टमध्येकै एक नेताले भने, ‘हामीले एक वर्षदेखि नै सल्लाहकार समूहको कार्यशैली ठीक नभएको बारेमा प्रधानमन्त्रीज्यूलाई अवगत गराउँदै आएका थियौँ, जे कदम उहाँले चाल्न खोज्दै हुनुहुन्छ, त्यो ढिलै भए पनि राम्रो देखिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad