घामड शेरे चलचित्र हेर्न पुगेका हलमालिक सिनेमाघरबाटै प्रहरीको फन्दामा परेका छन्।
क्युएफएक्सका मालिक नकिम उद्धिनहरू हलको शाखा विस्तारप्रति आक्रामक बन्दै छन्। गत बिहीबार मात्र भक्तपुरमा नयाँ शाखा विस्तार हुँदै थियो।
उनकै निमन्त्रणमा नयाँ शाखा उद्घाटन र घामड शेरे हेर्न पुगेका हलमालिक गोविन्द शाही समातिएका हुन्। यो खबर आज (बुधबार)को जनआस्था साप्ताहिकले छापेको छ।
लिलीबिली चलचित्रको १ करोड रकम हिनामिना गरको आरोप खेप्दै आएका उनीविरुद्ध निर्माताद्वय मिलन चाम्स र सुदीप खड्काले उजुरी दिएका थिए।
सोही आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरी कालीमाटी वृत्तको जिम्मा लगाएको थियो।
यही अभियोगमा २ महिनाअघि नै पक्राउ परी १४ दिन हिरासतमा बिताएका उनलाई अदालतले उपस्थितिका लागि पटकपट आदेश दिँदासमेत अटेर गरेको बताइन्छ।

प्रतिक्रिया