संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानीक तथा सांस्कृतिक संगठन (युनेस्को) को ४० औँ महासभा बैठक फ्रान्सको पेरिसमा सुरु भएको छ।
एक सय ९३ राष्ट्रको सहभागिता रहेको महासभा बैठकमा नेपालको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं यूनिस्कोका लागि नेपालका अध्यक्ष गिरिराजमणि पोखरेलले प्रतिनिधित्व गरेका छन्।
यूनेस्कोको लागि स्थायी प्रतिनिधि नेपालका लागि फ्रान्सका राजदूत दिपक अधिकारी, यूनेस्कोका लागि नेपालका सहायक महासचिब डा.बाबूराम अधिकारी, पेरिसस्थित उपनियोग प्रमुख खड्गप्रसाद दहाल, नेपालका लागि विश्व शिक्षक महासंघका प्रतिनिधि राजेन्द्रराज पौडेल लगायत बैठकमा सहभागी छन्।
बैठकमा शिक्षामन्त्री पोखरेलले उच्च शिक्षा तथा समावेशिता, नेपालको उच्च शिक्षाको स्थिती, लक्ष्यहरु लगायतका विषयमा महासभा बैठकमा आफ्नो धारणा राख्ने कार्यक्रम छ।
१२ देखि २७ नोभेम्बरसम्म सञ्चालन हुने महासभा बैठकले युनेस्कोको नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम छ।

प्रतिक्रिया