समाज


नागार्जुनबाट तीन लाख ६० हजार नगदसहित १० जुवाडे पक्राउ

नागार्जुनबाट तीन लाख ६० हजार नगदसहित १० जुवाडे पक्राउ

नेपालखबर
कात्तिक २७, २०७६ बुधबार ४:०,

प्रहरीले काठमाडौँको नागार्जुनबाट तीन लाख ६० हजार नगदसहित १० जना जुवाडेलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले नागार्जुन नगरपालिका–३ इचङ्गुनारायणमा कौडा खेलिरहेको अवस्थामा मङ्गलबार राति उनीहरुलाई पक्राउ गरेको हो।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले ठूलो रकम हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेकाहरुबाट प्रहरीले तीन लाख ६० हजार नगद र १६ थान कौडा बरामद गरेको छ।

पक्राउ पर्ने जुवाडेको नाम भने प्रहरीले सार्वजनि गरेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad