सडक विभागले कमलविनायक-नगरकोट सडक विस्तार कार्य अलपत्र पारेको ठेकेदार कम्पनीलाई कूल लागतको १० प्रतिशत हर्जना तिराएर चौथोपटक म्याद थप गरेको छ।
ठेकेदार कम्पनी शैलुङ/एआईपीएल(आरामाली इन्फ्रा पावर लिमिटेड) जेभी हर्जना तिर्न तयार भएपछि आगामी वैशाख ७ मा काम लाग्ने गरी अन्तिमपटक म्याद थपिएको आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिए।
तेस्रोपटक थपिएको म्याद सकिएको करिब डेढ वर्षपछि विभागले गत असोज १२ मा चौथोपल्ट म्याद थपेको खबर आजको कान्तिपुरमा लीली श्रेष्ठ, विमल खतिवडा र प्रशान्त माली मिलेर विस्तृतमा लेखेका छन्।
‘अब म्यादभित्र काम पूरा नगरे ठेक्का रद्द हुन्छ,’ आयोजना प्रमुख प्रजापतिले भने।

प्रतिक्रिया