ad ad

छापा खबर


एकीकृत समाजवादीले सबै मन्त्रीलाई फिर्ता बोलाउने, मन्त्री झाँक्रीसँग नेपाल असन्तुष्ट

एकीकृत समाजवादीले सबै मन्त्रीलाई फिर्ता बोलाउने, मन्त्री झाँक्रीसँग नेपाल असन्तुष्ट

नेपालखबर
चैत २, २०७८ बुधबार ८:४१, काठमाडौँ

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाउन गृहकार्य सुरु गरेको छ।

एकीकृत समाजवादीले पूर्वसहमतिअनुसार मन्त्रीहरुलाई फिर्ता बोलाउन गृहकार्य सुरु गरेको खबर आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन्।

मन्त्री बनाउने बेलामै ६ महिनापछि फिर्ता आउने र अरूलाई पठाउने सहमति भएको एकीकृत समाजवादी स्रोतको दाबी छ।

पूर्वसहमतिका साथै सरकारमा पार्टीको तर्फबाट सहभागी मन्त्रीले मन्त्रालयको काम प्रभावकारी रूपमा गर्न नसकेको, पार्टी र मन्त्रालयबीचको समन्वय नगरेको, पार्टी नेताकार्यकर्ताको गुनासो सम्बोधन नगरेको, मनोमानी काम गरिरहेको, कमिसनमा लिप्त भएको आरोपसमेत मन्त्रीमाथि छ।

हालैसम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकमा समेत मन्त्रीहरूको आलोचना भएपछि पार्टी अध्यक्ष माधवकुमार नेपालले मन्त्रीलाई फिर्ता बोलाएर अरू नेतालाई मन्त्री बनाउने विषयमा छलफल गरेको स्रोतको दाबी छ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा एकीकृत समाजवादीले सहरी, स्वास्थ्य, पर्यटन तथा नागरिक उड्डयन, श्रम मन्त्रालय पाएको छ । सहरी मन्त्रालयमा रामकुमारी झाक्री, स्वास्थ्यमा विरोध खतिवडा, पर्यटनमा प्रेम आले, श्रममा किसान श्रेष्ठ मन्त्री रहेका छन् । यस्तै, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ रहेका छन्।

‘पूर्वसहमतिका साथै हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा मन्त्रीहरूको आलोचना भएपछि मन्त्रीलाई फिर्ता बोलाउनेमा छलफल सुरु भएको छ । मन्त्रीहरू आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा गर्न नसकेको र कमिसनको खेलमा लागेकोसम्मको आरोप बैठकमै लागेको छ,’ एकीकृत समाजवादीका एक केन्द्रीय सदस्यले भने ्।

मन्त्री झाक्री र खतिवडालाई फिर्ता बोलाउने लगभग सहमति भइसकेको छ । अन्य मन्त्रीलाई समेत फिर्ता बोलाएर अन्य नेतालाई जिम्मेवारी दिनेमा समेत छलफल भइरहेको स्रोतको दाबी छ।

मन्त्री झाक्रीले मन्त्रालयको काम गर्दा मनोमानी गरेको, सचिवालयका मान्छेसँग समेत छलफल नगरेको भन्दै अध्यक्ष नेपाल उनीसँग असन्तुष्ट छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .