छापा खबर


भारतीय ‘बाँध’ ले बाँकेमा यसरी डुब्यो नेपाली बस्ती (तस्बिरसहित)

भारतीय ‘बाँध’ ले बाँकेमा यसरी डुब्यो नेपाली बस्ती (तस्बिरसहित)

नेपालखबर
असार ९, २०७६ सोमबार ०:५०,

भारतले निर्माण गरेको बाँधजस्तो सडकले पानीको निकास थुनेपछि बाँकेको राप्तीपारि नरैनापुरका अधिकांश गाउँ डुबानमा परेका छन्।

नरैनापुर भारतीय सीमा क्षेत्रसँगै जोडिएको गाउँपालिका हो। उत्तरतिरबाट बग्ने पानीलाई पूर्वपश्चिममा फैलिएको बाँधजस्तो सडकले थुन्दा नरैनापुरको वडा नम्बर १, २ र ३ मा सबैभन्दा बढी डुबान गरेको छ।

5d0f73dab9ed3

नरैनापुरको बनियाँ गाउँ, महतनियाँ, मझेरटी, मियाँपूर्वा, घोरदौरिया, महादेवनगर, कोटिहा, बहावपूर्वा, रोशनपूर्वालगायत दर्जनौं गाउँ डुबेको खबर नेपालगन्जबाट अर्जुन ओलीले आजको नागरिक दैनिकमा लेखेका छन्।

5d0f73da4400d

अधिकांश गाउँ डुबानमा पर्दा स्थानीय बासिन्दा विस्थापित भएका छन्। त्यहाँका करिब एक सय बढी घर डुबेको र करिब एक दर्जन घर भत्किएको नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहले बताए। ’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad