छापा खबर


मन्त्रीको सचिवालयबाट त्यो फोटो बाहिरिएपछि ...

मन्त्रीको सचिवालयबाट त्यो फोटो बाहिरिएपछि ...

नेपालखबर
मंसिर २३, २०७६ सोमबार ४:३६,

चिनियाँ राजदूत होउ यान्छी काठमाडौंमा खुबै चर्चा हुन्छिन्। टुइटर चलाउने पहिलो नेपालस्थित चिनियाँ राजदूतका रूपमा चिनिएकी यान्छी खासमा सक्रिय पनि छिन्।

नेताहरूसँगको भेटलाई त प्राथमिकतामा राखेकी छन् नै, विकास निर्माणका परियोजनालाई ध्यान दिन पनि भ्याउँछिन्। चिनियाँ सहयोगको परियोजना अनुगमनमा बेलामौकामा पुग्छिन् र सम्बन्धित मन्त्रालयमा पुगेर मन्त्रीलाई बताउँछिन्। अनि कम्पनीले भोगेका समस्या सल्टाउन मन्त्रालयसाग समन्वय गर्छिन्।

तर अहिले श्रममन्त्री रामेश्वर राय यादवसँगको भेटवार्ता प्रकरणमा राजदूतलाई विवादमा तानिएको छ।

नवनियुक्त मन्त्री यादवलाई भेट्न मन्त्रालय पुगेकी राजदूतसँगै गएका सहयोगीले ब्ल्याक लेबलका दुई बोतल उपहारस्वरुप लगेको र राजदूतले त्यो मन्त्रीलाई दिएको फेटोले अहिले चर्चा पाएको छ। नेपालीको हिन्दू संस्कारमा रक्सी कोसेली लैजाने चलन नभएपनि जनजाति समुदायमा भने यो चलन छ।

यसरी उपहार दिने चिनियाँ परम्परा पनि छ र, सायद दूतावासले त्यही अनुसार मन्त्रीलाई उपहार दिएको थियो।

रक्सीका बोतल मन्त्रीलाई हस्तान्तरण गर्दै गरेको फोटो सामाजिक सञ्जालमा व्यापक भएपछि मन्त्री स्वयंले पनि लज्जित महशुस गरेको उनी निकटकाहरूले बताएको सोमबारको साँघु साप्ताहिकले लेखेको छ।

त्यस्तो फोटो कसले खिच्यो र फेसबुकमा पुर्‍यायो भन्नेमा मन्त्री यादव पनि अलमलमा छन्। निजी सचिवालयले विवेक नपुर्‍याउँदा आफू तनावमा परेको मन्त्री यादवले निकटसँग बतताइरहेका छन्। र, अहिले निजी सविचालय र मन्त्री आफ्ना लागि मिडिया पोलिसी बनाउने तरखरमा पनि लागेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad