समाज


गाउँपालिका प्रमुख चढ्ने गाडीमा मध्यराति आगजनी

गाउँपालिका प्रमुख चढ्ने गाडीमा मध्यराति आगजनी

नेपालखबर
मंसिर २३, २०७६ सोमबार ४:१४,

खोटाङको रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौला चढ्ने सरकारी गाडीमा आगजनी भएको छ।

रावावेँसी-५ दुवेकोलस्थित निवासमा पार्किङ गरेर राखिएको बा २ झ ३५२४ नम्बरको गाडीमा गए राति अज्ञान समूहले आगो लगाएको हो। आगलागीबाट गाडी पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ।

‘म सुतिरहेको थिएँ, बम पड्किएको जस्तो ठूलो आवाज आयो,’ अध्यक्ष निरौलाले भने, ‘उठेर हेर्दा गाडीमा ठूलो आगोको मुस्लो दन्किरहेको थियो।’

करिब दुई घण्टापछि हरमटारबाट गएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको थियो।

प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक वामदेव गौतम नेतृत्वको टोली घटनास्थलमा खटाइएको र आवश्यक अनुसन्धान शुरु गरिएको जानकारी दिए।

प्रतिवन्धित विप्लव समूहका कार्यकर्ताले गाडीमा आजगनी गरेको आशंका सुरक्षा अधिकारीहरुले गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad