झूटा विवरण पेस गरेर रकम बुझ्ने नक्कली भूकम्पपीडितले रकम फिर्ता गर्न थालेका छन्।
अहिलेसम्म १० करोड ३ लाख ५० हजार फिर्ता भइसक्यो राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले जानकारी दिएको छ।
१ हजार ८ सय ५५ जनाले रकम फिर्ता गरेको एकाइको तथ्यांक छ। यो खबर आजको कान्तिपुरमा विमल खतिवडाले लेखेका छन्।
‘रकम फिर्ता गर्ने क्रम जारी छ,’ आयोजनाका इन्जिनियर सम्रक कर्मचार्यले भने, ‘फिर्ता गर्नेको संख्या अझै बढ्छ।’

प्रतिक्रिया