छापा खबर


नेपालमा भित्रियो पहिलोपटक पार्टी बस, यस्ता छन् सुविधा

नेपालमा भित्रियो पहिलोपटक पार्टी बस, यस्ता छन् सुविधा

नेपालखबर
पुस २६, २०७६ शनिबार ३:३३,

डिजे, बार, धूमपान कक्ष, पेन्ट्री, वाइफाई, डान्स फ्लोर, एयर कन्डिसन, शौचालय आदिको सुविधा रहेको बसमा यात्रा गर्नुभएको छ? छैन भने अनुभव लिन तयार हुनुहोस्। यस्तै खाले अन्तर्क्रियात्मक गतिविधि समेटिएको पार्टी बस पहिलोपटक काठमाडौं भित्रिएको छ।

भारतको टाटा मोटर्सले उत्पादन गरेको बसको च्यासिसलाई पार्टी गर्न मिल्ने थलोका रूपमा परिमार्जन गरिएको छ। यहाँभित्र सिट छैनन् । सोफा शैलीमा दुईतिर काउच राखिएको छ, जहाँ एक पटकमा ३६ जनाले यात्रा गर्न सक्छन्। बसभित्रै मदिराको सुविधा र खाना तताउने उपकरणसहितको बार छ । त्यससँगै अगाडि एक जना डिजे हुन्छन् । संगीतको आनन्दमा मदिरा तथा कफी पिउँदै यात्रा गर्न सकिन्छ।

रियल इकोनोमिक सस्टिनेबल सोसाइटी नेपाल (रेस नेपाल)ले यो बस एक साताभित्रै व्यावसायिक रूपमा सञ्चालनमा ल्याउँदै छ। पार्टी राइड, एयरपोर्ट पिकअप, घुमफिर, पिकनिक, विवाह, निजी कार्यक्रम आदिमा यो बस प्रयोग गर्न सकिनेछ । बस प्रयोग गर्न चाहनेले प्रति तीन घण्टाको ३५ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने रेस नेपालले जानकारी दिएको छ। ‘मुख्य गरी बिहे र पर्यटकका लागि यो बस उपयुक्त छ,’ कम्पनीका निर्देशक अशोक शर्माले भने। यो खबर आजको कान्तिपुरमा छापिएको छ।

भ्रमण वर्षको अवसर पारेर बस सञ्चालनमा ल्याइएको उनले बताए । ‘हाम्रो उद्देश्य आम मानिसलाई विभिन्न खाले मनोरञ्जन प्रदान गर्दै देशका विभिन्न ठाउँको यात्रा गराउने हो,’ उनले भने । प्रतिबस २ करोड हाराहारी लागत परेको उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad