छापा खबर


चीन पठाइने जहाजको चालक दलका सदस्यलाई आज तालिम दिइँदै

चीन पठाइने जहाजको चालक दलका सदस्यलाई आज तालिम दिइँदै

नेपालखबर
माघ २९, २०७६ बुधबार १:५,

चीनमा रहेका नेपाली ल्याउन जाने जहाजको चालक दलका १६ सदस्यलाई स्वास्थ्य मन्त्रालले बुधबार तालिम दिँदैछ।

११ पुरुष र पाँच महिला रहेको चालक दलका सदस्यलाई कोरोना भाइरसको संक्रमणबाट जोगिन तथा जहाजमा अपनाउनुपर्ने सुरक्षाका विषयमा ‘फिजिकल प्रोटेक्टिभ’ तालिम दिन लागिएको खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

इपिडिमिलोजी तथा रोग नियन्त्रण महाशाखाका डा.हेमन्त ओझा नेतृत्वको टोलीले उनीहरुलाई तालिम दिनेछ।

चीन जाने चालक दलका सदस्यको नाम गोप्य राखिएको छ।

बिहीबार विमानस्थलमा जहाजको बाहिरी काममा खटिने कर्मचारीलाई तालिम दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad