छापा खबर


यी हुन् ओलीका तीन घरः खरको झुपडीदेखि भव्य महलसम्म

यी हुन् ओलीका तीन घरः खरको झुपडीदेखि भव्य महलसम्म

नेपालखबर
फागुन १२, २०७६ सोमबार २:५६,

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार ६९ औं जन्मदिन जन्मघर तेह्रथुमको आठराईमा मनाए । रित्तो जन्मघरबाहेक पनि ओलीका झापा र भक्तपुरको बालकोटमा घर छन् ।

झापाको दमकस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घर-

oli damak ghar 2422020032705 1000x0

यतिबेला प्रधानमन्त्री निवास बालुवाटार बसिरहेका उनले ५६ वर्षको झापा बसाइँमा जन्मदिन यसरी भव्य रूपमा कहिल्यै मनाएका थिएनन् ।

१२ वर्षको उमेरमा तेह्रथुमबाट झापा झरेका ओली अहिले भक्तपुर बालकोट निवासी बनिसकेका छन् । झापामा उनको पैतृक सम्पत्ति मात्र छ । तर, सर्वसाधारणले ओलीको घर भनेर दुइटा घरलाई चिन्ने गर्छन्। याे खबर आजकाे कान्तिपुरमा छापिएकाे छ। 

तेह्रथुमको आठराईमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको पुर्ख्यौली घर-

kp oli ghar 2422020032823 1000x0

तर, प्रधानमन्त्री ओलीकै नाममा झापामा घर छैन। उनको नामले चिनिने घरहरू आइतबार सुनसान रहे।

पुर्ख्यौली घरमा आइतबार जन्मदिन मनाउँदै प्रधानमन्त्री ओली-

kp janmadin 2422020032858 1000x0

बुबा मोहनप्रसाद पनि आठराई नै गएपछि हिमालीचोकको घर सुनसान थियो। मेयर ओली पनि सपरिवार आठराईमै जन्मदिनको कार्यक्रममा सरिक भएपछि दमकस्थित निवास सुनसान रह्यो।

oli house all 2422020032609 1000x0

  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad