छापा खबर


बालुवाटार जग्गा प्रकरण : थप ५४ जनाको नाममा म्याद जारी

बालुवाटार जग्गा प्रकरण : थप ५४ जनाको नाममा म्याद जारी

नेपालखबर
फागुन १२, २०७६ सोमबार ३:१९,

विशेष अदालतले बालुवाटार जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्वमन्त्रीसहित ५४ जनाको नाममा अदालतमा उपस्थित हुन म्याद जारी गरेको छ।

९ फागुनसम्म अदालतले ३४ जना प्रतिवादीलाई उपस्थित हुन म्याद जारी गरेकामा आइतबार थप २० जनाको नाममा १५ दिनभित्र अदालतमा उपस्थितिका लागि म्याद जारी भएको विशेष अदालतका सूचना अधिकारी तथा उप–रजिस्ट्रार इन्द्रकुमार खड्काले जानकारी दिए।

यो खबर आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएका १ सय ७५ जनामध्ये ९ फागुनसम्म ३४ जनालाई म्याद पठाइएको विशेष अदालतका उप–रजिस्ट्रार खड्काले बताए।

उनीहरूलाई अख्तियारले २२ माघमा विशेष अदालतमा बिगो जरिमानासहित भ्रष्टाचर मुद्दा दर्ता गरेको थियो । त्यस्तै, अख्तियारले ६५ जनालाई जग्गा फिर्ता प्रयोजनका लागि मुद्दा दर्ता गरेको थियो ।

आइतबार विशेष अदालतले तत्कालीन भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ, भूमिसुधार सचिव छविलाल पन्त, इन्जिनियर राजेन्द्रमान श्रेष्ठविरुद्ध म्याद जारी भएको छ। अख्तियारले पूर्वमन्त्री श्रेष्ठलाई जग्गा हिनामिनाको अभियोगमा ९ करोड ६५ लाख ७५ हजार रुपैयाँ माग दाबीसहित मुद्दा दर्ता भएको छ।

त्यस्तै, छविराज पन्तविरुद्ध भूमिसुधार मन्त्रालयमा सचिवका रूपमा रहँदा विभागबाट आएको प्रस्तावलाई अध्ययन नै नगरी मनासिव भएको राय दिएको अभियोग लगाइएको छ।

२०६६ कात्तिकदेखि २०६७ माघसम्म मन्त्रालयमा रहेका उनले हुपेन्द्रमणि केसीको प्रस्तावलाई अघि बढाएका थिए। अख्तियारले उनीसँग पनि ९ करोड ६५ लाख ६७ हजार बिगो र कैद सजाय माग गरेको छ।

अख्तियारले ललिता निवास प्रकरणमा नेपाली कांग्रेसका उपसभापति तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार र आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसहितका १ सय ७५ जनाविरुद्ध २२ माघमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

प्रधानमन्त्रीसहित चार जनाविरुद्ध अख्तियारमा उजुरी सेक्युरिटी प्रेस खरिद प्रकरणमा घुस डिल प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

सो प्रकरणमा ७० करोड घुस डिलको अडियो सार्वजनिक भएपछि तत्कालीन सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad