छापा खबर


महाकालीपारि यस्तो दुर्दशामा छन् हजार नेपाली

महाकालीपारि यस्तो दुर्दशामा छन् हजार नेपाली

नेपालखबर
चैत २३, २०७६ आइतबार १:२४,

भारतीय शिविरमा कष्टकर र जोखिमपूर्ण पल बिताइरहेका नेपालीले आफ्नो सरकारप्रति दुःख व्यक्त गरेका छन् ।

‘हामीलाई भेडाबाख्राभन्दा पनि नराम्रो अवस्थामा राखिएको छ, एकैठाउँ ठेलमठेल गरेर सयौँजना सुत्दा कोरोनाको जोखिम झन् बढेको छ,’ शिविरमा रहेका दिलेन्द्र महतराले भने, ‘आफ्नो देश फर्केर नियमअनुसार क्वारेन्टाइनमा बस्न हामी तयार थियौँ, तर नेपाल सरकारले नै हामीलाई मर्नका लागि नै यहाँ छाडिदियो, आफ्नै देशले अवहेलना गरेपछि विदेशीबाट के आशा गर्ने?’

सिमानामा आएर तीन दिन नारा लगाउँदा पनि स्वदेश फर्कन नपाएका एक हजार ६ मजदुरलाई भारतीय प्रशासनले धार्चुलाका क्वारेन्टाइनमा राखेको छ।

संयोगले कुनै एक नेपाली संक्रमित भए सबै जोखिममा पर्ने अवस्था छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा दार्चुलाबाट पदम बडाल, कञ्चनपुरबाट मोहन विष्ट र कैलालीबाट तेजराज भट्टले लेखेका छन्।

भारत उत्तराखण्डकोे पिथौरागढ प्रशासनले एक हजार ६ नेपालीलाई पाँच सेल्टरमा राखेको छ । धार्चुलामा रहेको मिनी स्टेडियममा तीन सय २५, बालुवाकोट महाविद्यालयमा तीन सय ७१, जौलजिबीमा दुई सय २५, निगलपानीमा ३२ र बरममा ५३ नेपाली राखिएको छ।

धार्चुलाका उपजिल्ला अधिकारी अनिलकुमार शुक्लाले नेपाली राखिएको क्वारेन्टाइनको शनिबार अनुगमन गरेका छन् । शुक्लासहित स्वास्थ्य परीक्षण टोलीले कुनै पनि नेपाली अहिले स्वास्थ्य समस्यामा नरहेको प्रतिक्रिया दिएको जानकारी धार्चुलास्थित पत्रकार राकेश तिवारीले दिए ।

कसैलाई कोरोना लक्षण देखिए स्वास्थ्य केन्द्रमा लग्ने तयारी छ । तर, क्वारेन्टाइमा रहेका कसैमा पनि कोरोना परीक्षण भने भएको छैन ।

भारतीय शिविरमा कष्टकर र जोखिमपूर्ण पल बिताइरहेका नेपालीले आफ्नो सरकारप्रति दुःख व्यक्त गरेका छन्।

नेपालीहरू सुक्खा भात खाएर जीवन धानिरहेका छन् । तर, यो घडीमा उनीहरू खानाभन्दा पनि जीवनकै सुरक्षाप्रति चिन्तित छन् । खाना खाने वेलामा मात्र खुला चौरमा राखिन्छ । बाँकी २३ घन्टा उनीहरू भिडमै हुन्छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad