समाज


डोनाल्ड ट्रम्पले भने-‘म मा कोरोना भाइरस छैन, म मास्क लगाउँदिन’

डोनाल्ड ट्रम्पले भने-‘म मा कोरोना भाइरस छैन, म मास्क लगाउँदिन’

नेपालखबर
चैत २३, २०७६ आइतबार १:८,

कोरोनाबाट जोगिन अमेरिकी नागरिकलाई नाक र मुख छोप्ने मास्क लगाउन विज्ञहरुले सुझाब दिएका छन्। तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफूले मास्क नलगाउने बताएका छन्।

अमेरिकी स्वास्थ्य निकायले मास्क लगाउन दिएको सुझाव आफूले पालना नगर्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका बीबीसीले जनाएको छ।

उनले ओभल अफिस भनिने आफ्नो कार्यकक्षमा मास्क लगाएर बसेर विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, तानाशाह, राजा र रानीलाई अभिवादन गर्न नसक्ने बताएका हुन्।

विश्वभरि फैलिएको कोरोनाभाइरस सङ्क्रमणबाट अमेरिकामा अहिले धेरै प्रभावित भएको छ। त्यहाँ सङ्क्रमित व्यक्तिको सङ्ख्या अरू देशको भन्दा सर्वाधिक छ।

उनले शुक्रवारदेखि अमेरिकामा लागु भएको अनिवार्य मास्क लगाउने निर्देशन स्वैच्छिक भएकोले त्यो बाध्यकारी नभएको तर्क गरे। ‘तपाईँले मास्क लगाउनैपर्छ भन्ने छैन,’ ट्रम्पले भने, ‘मास्क लगाएर बस्न सकौँला जस्तो मलाई लाग्दैन।’

अहिलेको महामारीको बेला ट्रम्पले मास्क लगाउलान् कि नलगाउलान् भन्ने विषयलाई चासोका साथ हेरिएको छ। ‘ट्रम्पले मास्क लगाउन नचाहनुको कारणबारे सोध्दा ट्रम्प मुस्कुराएका थिए।

‘मेरो भर्खरै परीक्षण भएको छ,’ ट्रम्पले भने, ‘मलाई लाग्छ मभित्र त्यो भाइरस छैन। त्यसैले त्यो फैलिनेबारे मैले चिन्ता गरिरहनुपर्दैन।’

अमेरिकामा कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गर्दा राष्ट्रपति डोनल्ड ट्रम्पकै सल्लाहमा त्यहाँको रोग नियन्त्रण तथा रोकथाम निकायले मास्क लगाउने सन्दर्भमा नयाँ स्वास्थ्य निर्देशन जारी गरेको हो।

अमेरिकामा एकै दिनमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या १,३०० पुगेको छ। त्यो विश्वमै २४ घण्टाको अवधिमा अहिलेसम्म अभिलेख राखिएको सर्वोच्च मृत्युदर हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad