छापा खबर


कोरोना आशंका गरिएका दुई बिरामीको उपचारको क्रममा मृत्यु

कोरोना आशंका गरिएका दुई बिरामीको उपचारको क्रममा मृत्यु

नेपालखबर
बैशाख ७, २०७७ आइतबार १:१३,

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको आईसोलेशनमा भर्ना भएका दुई विरामीको उपचारको क्रममा निधन भएको छ।

मृत्यु भएका दुबैजना स्वासप्रश्वास तथा छाति सम्बन्धित समस्याले ग्रसित रहेका खबर आजको राजधानी दैनिकमा नेपालगञ्जबाट रुद्र सुवेदीले लेखेका छन्।

स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन नरेश्वर श्रेष्ठले दिएको जानकारी अनुसार शिक्षण अस्पताल नेपालगञ्जको आईसोलेशनको आईसियुमा उपचारको लागि भर्ना भएका बर्दिया बढैयाताल-३ का ४२ वर्षिय ईस्राईल बेहना र शिक्षण अस्पताल कोहलपुरमा कोहलपुर–५ चपरगौरीकी ३२ वर्षिया शान्ता शर्माको शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको हो।

मृतक बेहना बैशाख ३ गते र शर्मा चैत्र ३० गते उपचारको लागि अस्पताल भर्ना भएका थिए। मृतक बेहना रुघाखोकी दमबाट ग्रसित रहेको र शर्मा न्यूमोनियाबाट ग्रसित रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

दुबैको कुनै पनि ट्राभल हिस्ट्री नभए पनि उनीहरुमा कोरोनाको संक्रमण भए नभएको जाँचको लागि स्वाव झिकेर बुटवल पठाईएको स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन श्रेष्ठले बताए।

उनले भने–‘ दुबै जना स्वास प्रस्वास सम्बन्धित समस्याको कारण ग्रसित भई उपचारको लागि अस्पताल भर्ना भएका थिए उनीहरुमा कोरोना संक्रमण भए नभएको पुष्टि गर्नको लागि स्वाव झिकेर परिक्षणको लागि पठाएका छौँ।’ यसअघि मृतक शर्माको गत बैशाख ३ गते गरिएको स्वाव परिक्षणमा नेगेटिभ नतिजा आएको थियो।

यसैगरी भारतबाट आएका दाङ्गका ३७ वर्षिय गुमानसिंह अधिकारीकोे पनि शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ।

उनी दाङ्गको क्वारेन्टाईनमा रहेको बेला आफ्नै श्रीमतीसगको झगडामा श्रीमतिले प्रहार गरेको दाउराले लागेर गम्भीर घाइते अवस्थामा कोहलपुर ल्याईएको थियो। उनको उपचारको क्रममा मृत्यु भएपछि भारतबाट आई क्वारेन्टाईनमा बसेको कारण स्वाव परिक्षणको लागि नमुना पठाईएको फोकलपर्शन श्रेष्ठले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad