छापा खबर


उपत्यकाका यी तीन ठाउँमा बन्दैछ ‘फ्लाई ओभर’

उपत्यकाका यी तीन ठाउँमा बन्दैछ ‘फ्लाई ओभर’

नेपालखबर
असार ९, २०७७ मंगलबार १:२९,

सवारी व्यवस्थापन गर्न काठमाडौँ उपत्यकाका तीन स्थानमा ‘फ्लाई ओभर’ निर्माण हुने भएको छ । व्यवस्थित सहरीकरण तथा ट्राफिक व्यस्थापन गर्न ती फ्लाई ओभर बन्न लागेका हुन् ।

‘फ्लाई ओभर’ निर्माणको सर्वे तथा डिजाइनका लागि परामर्शदाता चयन प्रक्रिया अन्तिम चरणमा रहेकोे सडक विभागले जनाएको छ । विभागका अनुसार साउनभित्र परामर्शदाता कम्पनी चयन भई सम्झौता सम्पन्न हुनेछ । यो खबर आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन्।

चक्रपथको कोटेश्वर-कलङ्की खण्डको एकान्तकुना, ग्वार्को तथा सातदोबाटो र चापागाउँ चोकलाई जोडेर ‘फ्लाई ओभर’ निर्माण गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको सडक विभाग, गुणस्तर अनुसन्धान विकास केन्द्रका निर्देशक शिव नेपालले जानकारी दिए।

चक्रपथमा ‘फ्लाई ओभर’ निर्माणनिम्ति सर्वे तथा डिजाइनका लागि परामर्शदाता चयन गर्न बोलपत्र आह्वान भई छनोट प्रक्रिया अन्तिम चरणमा छ।

काठमाडौँको ट्राफिक व्यवस्थापनमा सबभन्दा ठूलो समस्याका रूपमा रहेको कोटेश्वर-जडीबुटीमा ‘फ्लाई ओभर’ निर्माणको चर्चा पटक पटक भए पनि काम अगाडि बढ्न सकेको छैन।

यो क्षेत्रको जाम हटाउन तथा ट्राफिक व्यवस्थापनबारे जापानी सहयोग नियोग (जाइका)ले यसअघि नै अध्ययन गरी विभिन्न सुझावसहित सरकारलाई प्रतिवेदन बुझाइसकेको छ तर काम अगाडि बढ्न सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .