छापा खबर


बाढीपहिरोकाे मुख्य कारण बिनाइन्जिनियरिङ निर्माण गरिएका ग्रामीण सडक

बाढीपहिरोकाे मुख्य कारण बिनाइन्जिनियरिङ निर्माण गरिएका ग्रामीण सडक

नेपालखबर
साउन ६, २०७७ मंगलबार ०:३३,

मुलुकभर बाढीपहिरोको अत्यधिक जोखिम हुनुको मुख्य कारण नै ग्रामीण सडक भएको पाइएको छ।

स्थानीय तहले बिनाइन्जिनियरिङ डोजर लगाएर निर्माण गरेका ग्रामीण सडक नै पहिरोका मुख्य कारण भएको भूगर्भविद्हरूले बताएका खबर आजको राजधानी दैनिकमा सविन शर्माले लेखेका छन्।

यस वर्षको मनसुन गत १२ जुनमा भित्रिएसँगै मुलुकभर सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सुरु भएसँगै मुलुकभर बाढीपहिरोका घटना बढिरहेका छन् । त्यस्तै, आइतबारदेखि भारी वर्षा भइरहेको छ।

मनसुनको समयमा विगतका वर्षहरूमा भन्दा यस वर्ष बढी जनधनको क्षति पुग्नुको मुख्य कारण ग्रामीण सडक भएको भूगर्भविद्हरूले बताएका छन्।

‘बिनाइन्जिनियरिङ निर्माण गरिएका ग्रामीण सडक भएका स्थानबाट नै पहिरो गएको हामीले पाएका छौं,’ भूगर्भविद् डा. सुबोध ढकालले भने, ‘हामीले विगतदेखि नै बिनाअध्ययन खनिएका सडकले नै जोखिम निम्त्याउने विषयमा आवाज उठाउँदै आए पनि कुनै सुनुवाइ भएको छैन।’

पटक पटक सरकारलाई सुझाव दिँदासमेत स्थानीय सरकारहरूले जथाभावी सडक निर्माण गरेकाले अहिलेको विपत्ति उत्पन्न भएको उनी बताउँछन्।

विपद्को पूर्वतयारी र प्रतिकार्य योजना प्रभावकारी हुन नसक्दा जनधनको ठूलो नोक्सानी हुने गरेको विपद्विज्ञहरू बताउँछन् । नेपालमा प्रतिवर्ष विभिन्न विपद्हरूबाट सरदर औसतमा एक हजार जनाको ज्यान जाने गरेको छ । जसमध्ये वार्षिक ३ सय जनाको मृत्यु बाढीपहिरोका कारण मात्रै हुने गरेको छ।

अहिलेको मनसुन बलियो भएर आएकाले जोखिम पनि बढी नै हुने भूगर्भविद् डा। सुबोध ढकाल बताउँछन्।

‘बलियो मनसुन भएमा १४० मिलिमिटर वर्षा हुँदा पहिरो जाने सम्भावना हुन्छ,’ उनले भने, ‘सक्रिय मनसुन भएमा पहिराका जोखिम बढी हुने गरेको छ । भौगर्भिक बनोट पनि कमजोर हुनु र सडक निर्माण गर्दा जोखिम मापन नगरिनु नै समस्याका रूपमा रहेको छ । मनसुन बढेसँगै पहिरो बढ्नेछ।’

यसैगरी, लामो समयदेखि भौगर्भिक अध्ययन गरिरहेका भूगर्भविद् डा.रञ्जनकुमार दाहाल पनि विगतको तुलनामा यस वर्ष बढी नै बाढी पहिरोको घटना हुने बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad