छापा खबर


माधव नेपाललाई प्रश्न : तपाईंको कार्यशैली ओली र प्रचण्डमध्ये कोसँग मिल्छ ?

माधव नेपाललाई प्रश्न : तपाईंको कार्यशैली ओली र प्रचण्डमध्ये कोसँग मिल्छ ?

नेपालखबर
साउन ५, २०७६ आइतबार ०:५५,

सत्तारुढ नेकपा एकता प्रक्रिया र जिम्मेवारी बाँडफाँडका विषयमा रस्साकस्सी चल्दै आएको छ।

यस क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपाका एक वरिष्ठ नेता माधवकुमार नेपालको पनि चर्चा हुने गरेको छ।

आजको नेपाल साप्ताहिकमा उनीसँगको अन्तर्वार्ता छापिएको छ। छोटो अंश प्रस्तुत छ : 

तपाईंको कार्यशैली केपी ओली र प्रचण्डमध्ये कोसँग मिल्छ ?
जसले विधिको पालना गर्नमा साथमा दिनुहुन्छ, उहाँसँग मिल्छ। जसले स्वच्छ राजनीतिको पक्षपोषण गर्नुहुन्छ, उहाँसँग मिल्छ। जसले पारदर्शिता अपनाउनुपर्छ भन्नुहुन्छ, जो पारदर्शी हुनुहुन्छ, उहाँसँगै मिल्छ।

जसले कमिटी प्रणालीलाई दह्रो गरी समात्नुपर्छ, व्यक्तिवादलाई अन्त्य गर्नुपर्छ भन्नुहुन्छ, उहाँसँगै मिल्छ। जसले व्यक्तिपूजा, फोटोपूजा मुर्दावाद भन्नुहुन्छ, उसैसँग मिल्छ। जसले विशेष कुर्सी मुर्दावाद भन्नुहुन्छ, मेरो शैली त्यसैसँग मिल्छ।

मैले भन्ने गरेको छु, सी चिन फिङजस्तो संसारको शक्तिशाली नेता स्थायी समितिका सदस्यसँग बस्दा एउटै लेबलको कुर्सी हुन्छ। उनको कुर्सी अग्लो, विशिष्ट खालको हुँदैन। त्यही अपनाऔं भनेर बारम्बार बोलिरहेको छु। म यस्ता कुरामा सम्झौता गर्दिनँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad