छापा खबर


साम्राज्ञीले देवाङ्कस राणासँगको अन्तरंग फोटो सार्वजनिक गरेपछि...

साम्राज्ञीले देवाङ्कस राणासँगको अन्तरंग फोटो सार्वजनिक गरेपछि...

नेपालखबर
साउन ५, २०७६ आइतबार १:८,

सेलेब्रिटीको आफ्नो व्यक्तिगत जीवन हुन्छ। त्यो जीवन आममानिसले बाँचेजस्तो नै हुन्छ।

उनीहरुका पनि निजी कुरा हुन्छन्, जो बाहिर आउनु हुँदैन।

उनीहरुका अन्तरंग कुरा बाहिर आउँदा पनि व्यवसायिक जीवनमा नै समस्या परेका घटना पनि छन्।

अहिले यस्तै अन्तरंग फोटोका कारण नायिका साम्राज्ञीराज्यलक्ष्मी शाह चर्चामा छिन्। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

उनी अहिलेकी चल्तीकी नायिका हुन्। उनको आफ्नै फ्यान फलोअर्स छन्।

फिल्मका साथै व्यक्तिगत सम्बन्धका कारण पनि चर्चामा आइरहने साम्राज्ञी पहिले मयंक खड्कासँग प्रेमसम्बन्धमा थिइन्।

मयंकसँगको ब्रेकअपपछि उनी देवाङ्कस राणासँग प्रेममा छिन्।

उनीहरु दुबै अहिले इन्डोनेसियाको बालीमा बिदा मनाइरहेका छन्।

यसैबीच साम्राज्ञीको बिकनीवाला फोटोले फिल्मी बजार ततायो।

त्यसको केही समयपछि उनले देवाङ्कस राणाले चुमेको फोटो सार्वजनिक गरिन्।

तयसपछि भने उनलाई फ्यानले गाली गर्न थाले। इन्स्टाग्राममा सार्वजनिक भएका फोटो फ्यानले मन नपराएको बुझेपछि उनले हटाएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad