छापा खबर


पहिरोले यस वर्ष एक दशक यताकै बढी क्षति

पहिरोले यस वर्ष एक दशक यताकै बढी क्षति

नेपालखबर
भदौ ९, २०७७ मंगलबार १:१२,

मनुसन अवधिमा यसपटक पहिरोले २०६८ यताकै बढी मानवीय क्षति गरेको छ।

पहिरोले २ सय ५४ जनाको ज्यान लिएको छ। ८१ जना बेपत्ता छन्। १ सय ५२ जना घाइते भए। यो तथ्यांक मनसुन सुरु भएपछि २ महिना ७ दिनको हो। यो वर्ष जेठ ३१ मा मनसुन सुरु भएको थियो। मनसुन अझै भदौसम्म जारी रहने देखिएको छ।

सिन्धुपाल्चोक, बझाङ, म्याग्दी, कास्की, जाजरकोट, अछाम, कास्की, तनहुँ, संखुवासभा, डोटी, हुम्लालगायत ५१ जिल्लामा बढी जनधनको क्षतिको भएको छ। हजारौं जना विस्थापित भए पनि यकिन तथ्यांक छैन। अर्बौं रकमको अन्नबाली क्षति पुगेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन्।

गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका इन्चार्ज एवं उपसचिव मुरारी अवस्थीले यो वर्ष पहिरोले ठूलो क्षति गरेको बताए। ‘मनसुनको सुरुआतदेखि नै दुःख दिइरहेको छ’, उपसचिव अवस्थीले भने।

उनले गत वर्ष जम्मा ८३ जनाको मात्रै मृत्यु भएको उल्लेख गरे। ११ जना बेपत्ता भएका थिए। ‘गत वर्षभरिको तुलनामा यसपटक एकै महिनामा बढी विनाश भएको छ’, उनले भने, ‘असारमा मात्रै पोहोरभन्दा बढी क्षति भएको छ। साउनमा त झन् बढेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad