समाज


कोरोना संक्रमणबाट शेर्पा संघ बेलायतका अध्यक्ष साना शेर्पाको निधन

कोरोना संक्रमणबाट शेर्पा संघ बेलायतका अध्यक्ष साना शेर्पाको निधन

नेपालखबर
भदौ ९, २०७७ मंगलबार १:२,

पूर्व ब्रिटिस गोरखा सैनिक तथा शेर्पा संघ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ।

भोजपुरको षडानन्द नगरपालिका स्थायी घर भएका ५१ वर्षीय शेर्पाको सोमबार लण्डनको सेन्ट थोमसेज हस्पिटलमा उपचारका क्रममा निधन भएको शेर्पा संघ बेलायतका पूर्व महासचिव योन्तेन ग्याछोले जानकारी दिए।

उनी तीन छोरा र श्रीमतीसँग बेलायतको आसफोर्डमा बसोबास गर्दै आएका थिए। उनका बुवाआमा भने नेपालमै छन्।

सुरुमा उनलाई आसफोर्ड केन्टको विलियम हार्भे अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सेन्ट थोमसेस हस्पिटलमा सारिएको थियो। उनको कलेजोमा पनि समस्या देखिएको थियो।

पूर्व ब्रिटिश गोरखा सैनिक शेर्पाले सेभेन्थ गोरखा राइफल्सको टुआरजीरआरमा सेवा गरेका छन्। उनी संघको दोस्रो कार्यकाल अध्यक्ष पदमा कार्यरत थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad