समाज


हङकङमा एक व्यक्तिलाई साढे ४ महिनापछि कोरोना संक्रमण दोहोरियो, वैज्ञानिक नै छक्क!

हङकङमा एक व्यक्तिलाई साढे ४ महिनापछि कोरोना संक्रमण दोहोरियो, वैज्ञानिक नै छक्क!

नेपालखबर
भदौ ९, २०७७ मंगलबार ०:४७,

हङकङमा कोरोना भाइरसबाट मुक्त भइसकेका एक व्यक्तिलाई साढे ४ महिनापछि फेरि संक्रमण देखिएको त्यहाँका वैज्ञानिकले बताएका छन्।

हङकङका वैज्ञानिकका अनुसार ती ३० वर्षका व्यक्तिमा कोरोना संक्रमण दोहोरिएको पाउनु विश्वकै पहिलो घटना हो।

तर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले एक जना बिरामीकै आधारमा यसै हुन्छ भनेर निष्कर्ष निकाल्न नमिल्ने जनाएको छ।

यस्तै विशेषज्ञले पनि दोहोरिएर संक्रमण देखिनु निकै दुर्लभ कुरा भए पनि यो अत्यन्त गम्भीर हो भन्न नमिल्ने बताएका छन्।

हङकङ विश्वविद्यालयको रिपोर्टअनुसार पहिलो संक्रमणबाट मुक्त हुनुअघि ती व्यक्ति १४ दिनसम्म अस्पतालमा बसेका थिए। तर निको भएर विमानस्थलमा स्क्रिनिङ गर्ने क्रममा पुनः उनमा कोरोना देखिएको हो। तर उनमा कुनै लक्षण छैनन्।

लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल साइन्सका प्राध्यापक ब्रेन्डन रेनले यो एकदमै दुर्लभ घटना भएको बताए।

उनले भने, ‘यसैकारण कोरोनाविरुद्ध खोप अति आवश्यक छ। यो भाइरसले समयअनुसार आफ्नो स्वरूप परिवर्तन गर्ने आशंका छ।’

जुन व्यक्ति कोरोनाबाट संक्रमित भई निको हुन्छन्, उसको शरीरमा प्रतिरक्षा प्रणाली विकास हुन्छ र उसलाई  दोहोर्‍याएर भाइरसले आक्रमण गर्न सक्दैन।

तर पहिलाेपटक संक्रमण दाेहाेरिएकाे एउटा घटना पाइएपछि वैज्ञानिक आश्चर्यमा परेका हुन्।

वैज्ञानिकका अनुसार संक्रमणबाट मुक्त व्यक्तिको प्रतिरक्षा प्रणाली सबैभन्दा बलियो गरी विकास भएकाे पाइएकाे छ, जो कोरोनाबाट गम्भीर बिरामी परेका थिए।

तर त्यस्तो प्रतिरक्षा प्रणाली कति लामो समयसम्म शरीरमा रहन्छ भन्ने कुरा अझै स्पष्ट भइनसकेको वैज्ञानिकले बताएका छन्। बीबीसीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad