छापा खबर


खतिवडा बाहिरिने भएपछि अर्थमन्त्रीमा धेरैको चर्चा, को बन्ला नयाँ अर्थमन्त्री?

खतिवडा बाहिरिने भएपछि अर्थमन्त्रीमा धेरैको चर्चा, को बन्ला नयाँ अर्थमन्त्री?

नेपालखबर
भदौ १९, २०७७ शुक्रबार १:४,

अढाई वर्षपछि अर्थमन्त्रीको कुर्सीबाट डा.युवराज खतिवडा बाहिरिने भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले रुचाए पनि पार्टीभित्रको राजनीतिक सन्तुलन मिलाउन नसक्दा ओलीले खतिवडालाई जोगाउन सकेनन्। यो खबर आजको कारोबार दैनिकमा निरु अर्यालले लेखेकी छन्।

खतिवडा पछिल्लो ६ महिनायता संसद् सदस्यसमेत थिएनन्। अब अर्थमन्त्रीमा पूर्व अर्थमन्त्रीद्वय सुरेन्द्र पाण्डे र विष्णु पौडेलदेखि पूर्व माओवादी समूहका जनार्दन शर्मासम्मको चर्चा छ।

गौतमले पनि अर्थमन्त्रीमै दाबी गरिरहेका छन् भने उपप्रधानमन्त्री तथा रक्षमन्त्री ईश्वर पोखरेल तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतले पनि अर्थमा जाने चाहना व्यक्त गरेका छन्।

राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनित डा.विमल पौड्यालको पनि अर्थमन्त्रीमा चर्चा छ।

खतिवडाले भने पार्टीको आन्तरिक जोडघटाउमा आफूलाई मुछेर बदनाम गर्न खोजेको भन्दै करिब एक महिनाअघि नै प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad