समाज


‘यी दुइटा प्रदेशमा भारी वर्षाको सम्भावना छ, २४ घण्टासम्म सतर्कता अपनाउनुहोला’

‘यी दुइटा प्रदेशमा भारी वर्षाको सम्भावना छ, २४ घण्टासम्म सतर्कता अपनाउनुहोला’

नेपालखबर
भदौ १९, २०७७ शुक्रबार १:१५,

आज (शुक्रबार) पनि देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार यतिबेला (शुक्रबार बिहान) देशका अधिकांश तराई क्षेत्रमा आंशिक बदली (घाम बढी देखिएको, बादल कम लागेको) छ भने पहाडी भेगमा सामान्य बदली (धेरै बादलले ढाकेको, घाम कम देखिएको) छ। यतिबेला काठमाडौं उपत्यकामा पनि घाम देखिएको छ।

दिउँसो भने बदली भई देशका केही स्थान (पूर्वदेखि पश्चिमसम्म जहाँ पनि) मा  हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले शुक्रबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ। दिउँसो भारी वर्षाको कतै सम्भावना देखिएको छैन।

यस्तै राति पनि मौसम सामान्यतया देशभर बदली भई केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै प्रदेश १ तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

साथै महाशाखाले शुक्रबार बिहान ६ बजेदखि शनिबार बिहान ६ बजेसम्म २४ घण्टाका लागि सतर्कता अपनाउन अनुराेध गर्दै चेतावनीसमेत जारी गरेकाे छ। जसमा भनिएकाे छ-  प्रदेश १ तथा गण्डकी प्रदेशका  एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। 

महाशाखाले आफ्नो वेबसाइटमा राखेको बिहीबार साँझ ५:४५ बजेसम्मको रेकर्डअनुसार हिजो दिनभर कतै भारी वर्षा भएको छैन। गए रातिको रेकर्ड भने अहिले बिहान ८:४५ मा प्रकाशन गरिने मौसमविद् शाक्यले जानकारी दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad