समाज


बिहीबारको तनावका कारण ललितपुरमा शुक्रबार बिहानैदेखि कर्फ्यु

बिहीबारको तनावका कारण ललितपुरमा शुक्रबार बिहानैदेखि कर्फ्यु

नेपालखबर
भदौ १९, २०७७ शुक्रबार ०:२३,

ललितपुरको चक्रपथ क्षेत्रभित्र स्थानीय प्रशासनले शुक्रबार बिहानैदेखि कर्फ्यु लगाएको छ।

मच्छिन्द्रनाथको रथ तान्ने क्रममा बिहीबार ललितपुरको पुलचोक क्षेत्र दिनभर तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले शुक्रबार बिहानैबाट ललितपुरमा कर्फ्यु लगाउने निर्णय गरेको हो।

बिहान ४ बजेदेखि लागू भएको कर्फ्यु आदेश राति १० बजेसम्म कायम रहने ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए।

कर्फ्युका कारण बिहानैदेखि ललितपुरको चक्रपथ क्षेत्रमा आवतजावात ठप्प छ भने कुनै पनि पसल खोल्न दिइएको छैन। ललितपुर प्रवेश गर्ने प्रमुख नाकामा प्रहरीको संख्या बढाइएको छ।

काठमाडौंको थापाथलीबाट ललितपुर प्रवेश गर्ने सडक बागमती पुलमा ट्राफिक प्रहरी बार लगाएर बसेका छन्। दूध र तरकारी बोकेका गाडीलाई पनि ललितपुर प्रवेश गर्न नदिइ फर्काइएको छ।

ललितपुरको चक्रपथ क्षेत्रभित्र मात्रै कर्फ्यु लगाउने निर्णय भएकाले चक्रपथ बाहिर यसअघिकै आदेशअनुसार निषेधाज्ञा कायम रहने पनि प्रशासनले जनाएको छ।

प्रशासनको अनुमतिबिनै मच्छिन्द्रनाथको रथ तान्ने क्रममा बिहीबार स्थानीय र प्रहरीबिच झडप हुँदा केही स्थानीय र ४ जना प्रहरी घाइते भएका थिए।

यसैबीच ट्राफिक प्रहरी जबान कमलप्रसाद घिमिरेलाई कुटपिट गर्ने ९ जनालाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ। झडपको क्रममा रथ तान्ने समूहले घिमिरेलाई नियन्त्रणमा लिएर बिहीबार निर्घात कुटपिट गरेका थिए।

नेवार समुदायका विभिन्न संघ संस्थाले पनि अर्को निर्णय नभएसम्म रथ यात्रा नगर्ने निर्णय गरेका छन्।

lalima

याे पनियी हुन् हाल निषेधाज्ञा लागू ४४ जिल्ला (सूचीसहित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad