कोरोना महामारी धेरै फैलिन नपाओस् भनेर हाल काठमाडौं उपत्यकाका तीन जिल्लासहित देशका ४४ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ।
गृह मन्त्रालयले बिहीबार साँझ जारी गरेको सूचीअनुसार देशका ७७ मध्ये ३५ जिल्लामा पूर्ण र बाँकी ९ जिल्लामा आंशिक रूपमा निषेधाज्ञा लागू गरिएको हाे।
जसअनुसार काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, रामेछाप, महोत्तरी, सर्लाही, रौतहट, पर्सा, बारा, सिरहा, सप्तरी, धनुषा, धनकुटा, चितवन, दोलखा, मोरङमा पूर्ण निषेधाज्ञा लागू गरिएकाे छ।
यसैगरी सुनसरी, रुपन्देही, अर्घाखाँची, स्याङजा, पाल्पा, कैलाली, प्युठान, दैलेख, कञ्चनपुर, तेह्रथुम, संखुवासभा, बैतडी, कपिलवस्तु, बर्दिया, डोटी, दाङ, बझाङ र बागलुङमा पनि पूर्ण निषेधाज्ञा छ।
मन्त्रालयका अनुसार नुवाकोट, हुम्ला, झापा, मकवनपुर, धादिङ, तनहुँ, रुकुम पश्चिम, लमजुङ र दैलेकमा भने आंशिक निषेधाज्ञा लागू छ।
हेर्नुहाेस्, गृह मन्त्रायलयले सार्वजनिक गरेकाे सूची :


प्रतिक्रिया