छापा खबर


गाँजा ओसारपसारको ‘ट्रान्जिट’ बन्दै सर्लाही

गाँजा ओसारपसारको ‘ट्रान्जिट’ बन्दै सर्लाही

नेपालखबर
असोज ६, २०७७ मंगलबार ३:४०,

भारततर्फ गाँजा ओसारपसार गर्ने कारोबारीले सर्लाहीलाई ‘ट्रान्जिट’ बनाउन थालेका छन्।

अघिल्लो शनिबार राति भारतीय सीमा क्षेत्र नजिकबाट जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले गाँजा बोकेर भारततर्फ गइरहेको एक ट्रकलाई नियन्त्रणमा लियो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर नेतृत्वको गस्ती टोलीले ना४ख ७७४८ नम्बरको १० चक्के ट्रक नियन्त्रणमा लिएको खबर आजको नागरिक दैनिकमा टंक क्षेत्रीले लेखेका छन।

पर्सा गाउँपालिका–५ बाट नियन्त्रणमा लिइएको उक्त ट्रकमा ३ सय ९ किलो गाँजा बरामद् गरिएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए। प्रहरी गस्ती टोलीलाई देख्नेबित्तिकै ट्रकचालक भने फरार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। प्रहरीका अनुसार ट्रकबाट ३१ किलो दरका नौवटा तथा १५ किलो दरका दुईवटा पोका बरामद भएका छन्।

‘सुरक्षा निकायमा यति धेरै युनिट छन्, कानुन छ, तैपनि ट्रकमै भारततर्फ गाँजा ओसार्ने हिम्मत गर्नु भनेको कारोबारीले हामीलाई ठाडै चुनौती दिएजस्तो लाग्यो,’ प्रहरी उपरीक्षक राठौरले भने, ‘म सर्लाही आउनुअघि नै यहाँबाट भारततर्फ गाँजा बढी र भारतबाट लागुऔषधका रूपमा प्रयोग हुने प्रतिबन्धित औषधि भित्रिने गरेको सुनेको थिएँ, त्यसैले आउनेबित्तिकै मैले लागुऔषध कारोबार नियन्त्रणमा बढी फोकस गरेको छु र जिल्लाभरका युनिटलाई कडाइ गर्न निर्देशन दिएको लागुऔषधको कारोबार र सेवनकर्ताको संख्या बढ्दै जाँदा अपराधिक घटनासमेत वृद्धि हुने भएकाले त्यस्ता गैरकानुनी कार्य नियन्त्रणमा कडाइ गरिएको प्रहरी उपरीक्षक राठौरको कथन छ।

मकवानपुर र सिन्धुलीबाट सर्लाहीको उत्तरी वाग्मती, हरिवन र लालबन्दी नगरपालिकाका चुरे क्षेत्रमा गाँजा डम्पिङ गर्ने गरिएको जानकारहरू बताउँछन्। कारोबारीले हरिवनको अत्रौली, लालबन्दीको पत्थरकोट र परवानीपुर, बागमतीको कर्मैयालगायत स्थानमा गोदाम गर्ने र अनुकूल समय मिलाएर सीमापार गराउने गरेको एक स्थानीयले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad