छापा खबर


१५ हजार नेपालीलाई जेल नबसी मलेसियाबाट घर फर्किने अवसर

१५ हजार नेपालीलाई जेल नबसी मलेसियाबाट घर फर्किने अवसर

नेपालखबर
साउन १४, २०७६ मंगलबार ०:४०,

रिसिङ गाउँपालिका ४ तनहुँका ४२ वर्षीय मानबहादुर आले मलेसियाबाट घर नफर्केकेको १३ वर्ष पुग्यो।

७९ वर्षीय बुबाआमा छोरा मानबहादुरको बाटो हेर्दै बसिरहेका छन्। छोरो घर फर्किने अत्तोपत्तो छैन।

मानवबहादुरको वैधानिक भिसा छैन। उनी मलेसियाको आवसीय कानुनविपरीत बसिरहेका छन्। गैरकानुनी हैसियतमा मलेसियामा लुक्दै बसिरहेका

‘मानबहादुरहरू’लाई बिनाजेल स्वदेश फिर्ने अवसर पुनः दिइएको छ। भिसा नभई म्याद सकिएर अभिलेखविहीन (गैरकानुनी) भई बसेका विदेशी कामदारलाई बिनासजाय स्वदेश फिर्न पाउने अवसर साउन १६(अगस्ट १) देखि पुस १५ (डिसेम्बर ३१) सम्मको तोकिएको छ।

यो समयमा फर्किने कामदारले जेल बस्नु पर्दैन। याे खबर अाजकाे कान्तिपुरमा हाेम कार्कीले लेखेका छन्। 

‘कम्तीमा १५ हजार नेपाली गैरकानुनी रूपमा बसेको हुनुपर्छ, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad