प्राविधिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी) ले प्राविधिक एसएलसी (टीएसएलसी) कार्यक्रम सञ्चालन गरेको २५ वर्षपछि सो विषय खारेज गर्ने भएको छ।
यो शैक्षिक सत्र वर्षपछि उक्त कार्यक्रममा भर्ना बन्द गरिने भएको छ।
परिषद्ले शैक्षिक सत्र वर्ष २०७६र२०७७ का लागि अन्तिम पटक भर्ना खोलेको जनाएको खबर आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन्।
परिषदका सदस्य सचिव पुष्परमण वाग्लेले चिकित्सा शिक्षा आयोगको बैठकले भर्ना खोल्न स्वीकृत दिएलगत्तै अन्तिम पटकका लागि भर्ना खोलेको दाबी गरे।
तर राष्ट्रिय चिकित्सा शिक्षा ऐन-२०७५ को परिच्छेद ५ को आशयपत्र , सम्बन्धन तथा प्रत्यायनको दफा १५ को उपदफा ४ मा ऐन प्रारम्भ भएपछि परिषदले प्रमाणपत्रतह भन्दा मुनिका स्वास्थ्य शिक्षा सम्बन्धी कुनैपनि प्राविधिक कार्यक्रम संचालन गर्ने छैन भन्ने विषय उल्लेख भएकाले परिषदले टीएसएलसीको अन्तिम भर्ना खोलेको हो।

प्रतिक्रिया