हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको वैकल्पिक मार्ग कान्ति लोकपथ दसैँसम्ममा पूर्ण रुपले सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
यात्रु र मालबाहक सवारी गुडाउन मिल्ने गरी तयारी तीब्र पारिएको छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा निर्दोष घोरसाइनेले लेखेका छन्।
ट्रयाक खुुलेको ६ दशकपछि कान्ति लोकपथमा ठूला सवारी सञ्चालन गर्न लागिएको हो। यो सडकको ट्रयाक वि.सं.२०१३ सालमा खुलेको हो।
चार किलोमिटर सडक चौडा गर्न बाँकी छ। वर्षालगत्तै चौडा पार्ने काम सम्पन्न हुन्छ आयोजनाका अधिकारीले बताएका छन्।
यो बाटो सञ्चालनमा आएपछि हेटौँडाबाट मुग्लिन हुँदै काठमाडौँ आउने दुई सय २६ किमी, हेटौँडा पालुङ काठमाडौँको एक सय २६ किमी र बल्खु कुलेखानी हेटौँडाको ९६ किमी बाटोको विकल्प तयार हुनेछ।
कान्ति लोकपथको ७९ किमी आयोजना र ११ किमी डिभिजन सडक कार्यालय ललितपुरले निर्माण गर्दैछन्। हाल ४५ किमी सडक पिच भइसकेको छ।
चालु आवमा ३० किमी पिच गर्ने लक्ष्य छ। दुई वर्षभित्र सबै सडक पिच हुने आयोजनाले जनाएको ।
कान्ति लोकमार्ग सञ्चालनमा आएपछि ललितपुरको सातदोबाटो, (चापागाउँदोबाटो), सुनाकोठी, चापागाउँ, टीकाभैरव, तीनपाने भन्ज्याङ, झाँक्रीडाँडा, छपेली, काल्चे, बाग्मती नदी, बगुवा, ठिंगन, मकवानपुरको आलेभन्ज्याङ, बुद्धचोकसम्म (९० किमी) तीन घन्टामा पुग्ने योजनाको दाबी छ।

प्रतिक्रिया