चितवन मेडिकल कलेज (सिएमसी) ले विश्व हेपाटाइटिस डे को अवसरमा हेपाटोलोजी एण्ड लिभर ट्रान्सप्लान्टसम्बन्धी बहिरंग सेवा सुरु गरेको छ।
सिएमसीले कलेजो प्रत्यारोपणको स्वीकृति पाइसकेको छ। यो खबर आजको नागरिक दैनिकले छापेको छ।
कलेजो प्रत्यारोपण सेवा सुरु गर्न करिब ८० प्रतिशत तयारी पूरा भएको कलेजका निर्देशक दयाराम लम्सालले बताए।
‘हेपाटाइटिस बी र सी लागेका २५ प्रतिशत मानिसमा लिभर सिरोसिस र लिभर क्यान्सर हुने जोखिम धेरै हुन्छ,’ लम्सालले भने, समयमै पहिचान गर्न सके उपचार हुन्छ।’
हेर्दा तन्दुरुस्त देखिने मानिसको समेत कलेजो बिग्रिएको हुनसक्ने डाक्टरहरु बताउँछन्।
नेपालमा करिब डेढ लाख मानिस कलेजो संक्रमणबाट पीडित हरेको अनुमानित तथ्यांक छ।
अब कलेजोका विरामीले राजधानी बाहिर बसेरसमेत सेवा लिन पाउने लम्सालले बताए।

प्रतिक्रिया