छापा खबर


तीन कम्पनीका खोप नेपालमा परीक्षण गर्न प्रस्ताव, १२ सय व्यक्तिलाई क्लिनिकल परीक्षणमा सहभागी गराइने

तीन कम्पनीका खोप नेपालमा परीक्षण गर्न प्रस्ताव, १२ सय व्यक्तिलाई क्लिनिकल परीक्षणमा सहभागी गराइने

नेपालखबर
पुस २७, २०७७ सोमबार २:४७,

कोरोना भाइरसविरुद्ध तीन कम्पनीका खोप नेपालमा परीक्षण गर्न प्रस्ताव आएको छ। खोपको क्लिनिकल ट्रायलका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को इथिकल बोर्डमा प्रस्ताव पुगेको छ।

बोर्डले अनुमति नदिई नेपालमा क्लिनिकल ट्रायल गर्न पाइँदैन। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा दिनेश गौतमले लेखेका छन्।

बोर्डले अनुमति दिएपछि त्यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लैजानुपर्छ। मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि मात्र परीक्षण गरिने परिषद्का कार्यकारी प्रमुख डा। प्रदीप ज्ञवालीले बताए। बोर्डका एक सदस्यका अनुसार क्लिनिकल ट्रायलका लागि पेस भएका दुई–तीनवटा प्रस्तावमाथि अध्ययन भइरहेको छ।

जसमध्ये इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट (आईभीआई)ले प्राविधिक सहजीकरण गरिरहेको भ्याक्सिन मात्र क्लिनिकल ट्रायलका लागि उपयुक्त देखिएको छ। ‘आईभीआईको मात्र होइन अन्य प्रस्ताव पनि आएका छन्। अध्ययन प्रक्रियामै छन्’, स्रोतले भन्यो।

बोर्डले पहिलो पटक आईभीआईको प्राविधिक सहजकर्ता भएको भ्याक्सिन क्लिनिकल ट्रायलका लागि उपयुक्त भएको जनाएको छ। बोर्डले उपयुक्त भएको जनाएपछि उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्ने योजना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृत दिएपछि मात्र क्लिनिकल परीक्षण गर्न दिइनेछ। यो भ्याक्सिनलाई दुईवटा अस्पतालमा परीक्षण गर्न आवश्यक तयारी गरिएको छ। त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा परीक्षणका लागि आवश्यक पूर्वाधार तयारी भइरहेको छ। १२ सयभन्दा बढी व्यक्तिलाई क्लिनिकल परीक्षणमा सहभागी गराइने एनएचआरसीका कार्यकारी प्रमुख डा.ज्ञवालीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad