छापा खबर


चुम्बन गरेको फोटो बाहिरिएपछि काठमाडौंमा युवक-युवतीले नै गरे आत्महत्या

चुम्बन गरेको फोटो बाहिरिएपछि काठमाडौंमा युवक-युवतीले नै गरे आत्महत्या

नेपालखबर
साउन २१, २०७६ मंगलबार १:२५,

चुम्बन गरको गोप्य फोटो सामाजिक सञ्जालमा बाहिरिएपछि सोलुखुम्बुका एक जोडीले काठमाडौंको कपनमा आत्महत्या गरेका छन्।

अविवाहित पुरुष र विवाहित महिलाबीचको प्रेमसम्बन्ध सामाजिक सञ्जालमा भाइरल भएपछि आत्महत्या गरेको अनुमानत गरिएको छ।

सोताङ गाउँपालिका–४ नाम्लुङका २१ वर्षका अरिमचन्द्र नाछिरिङ अविवाहित हुन् भने माप्य दूधकोसी गाउँपालिका वाकुकी निर्मला खालिङ विवाहित हुन्। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ।

पति वैदेकि रोजगारीमा रहेकाले निर्मलाले अरिमसँग गोप्य सम्बन्ध रोखेका र त्यो सम्बन्ध बाहिरिएपछि सँगै झुन्डिएर आत्महत्या गरको हुनसक्ने प्रहरीको अनुमान छ।

आइतबार साँझ ७ बजेर ३१ मिनेट जाँदा सोताङकै भीम राई सोलु नेपाल प्रयोगकर्ता रहेको फेसबुक आइडीबाट चुम्बन गरेको दृश्य अपलोड भएको थियो।

भीम राई सोलु नेपालले भने फोटो अर्कै फेसबुक प्रयोगतकर्ताबाट प्राप्त भएको प्रतिक्रिया दिएका छन्। उनी पनि विदेशमै छन्।

घटनाबारे काठमाडौं प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad