समाज


केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

नेपालखबर
साउन २१, २०७६ मंगलबार १:५९,

आज (मंगलबार) देशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज केही स्थानमा हल्कादेखि मध्यमसम्म र पश्चिम पहाडका एक/दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ : देशका केही स्थानमा मेघ गर्जन/चट्याङ पर्ने सम्भावना रहकाले सतर्क रहन आग्रह गरिन्छ।

अहिले पश्चिमका केही स्थानमा वर्षा भइरहेको महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

‘अहिले विशेषगरी डडेल्धुरा, डोटी, कैलाली आसपासका क्षेत्रमा वर्षा भइरहेको छ,’ नेपालखबरसँग उनले भनिन्, ‘पश्चिम पहाडका अन्य केही स्थानमा पनि हल्का वर्षा भइरहेको छ।’

पूर्वी तराईको मौसम भने अहिले सामान्यतया सफा रहेको उनले जानकारी दिइन्। दिउँसोपख पश्चिम पहाडका एक/दुई स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद् नगरकोटीले बताइन्।

काठमाडौं उपत्यकामा अपराह्न वा साँझपख वर्षा हुने सम्भावना रहेको उनले जानकारी दिइन्।

हेरौं मौसम महाशाखाले जारी गरेको ताजा बुलेटिन :

मौसम विश्लेषण :
मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभागभन्दा दक्षिणतिर अवस्थित छ र नेपाल तर्फ सर्दैछ।
देशभर समग्र मौसमको अवस्था
हाल देशको पूर्वका पहाडी भुभाग, मध्य तथा पश्चिमी भूभागमा आंशिकदेखि सामान्यसम्म बदली छ। पश्चिमका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। पूर्वी तराईमा मौसम सामान्यतया सफा छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
श्रावण २१ गते मंगलबार
दिउँसो : देशको पश्चिमी भूभागमा सामान्य बदली साथै पूर्वी तथा मध्य भूभागमा आंशिकदेखि सामान्यसम्म बदली रही देशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। पश्चिमी पहाडका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
राति : देशभर सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। साथै पूर्वी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

श्रावण २२ गते बुधबार
दिउँसो : देशभर आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
राति : देशभर सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ।

श्रावण २३ गते बिहीबार
दिउँसो : देशभर आंसशकदेखि सामान्यसम्म बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ।
राति : देशभर सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad