छापा खबर


मुग्लिन-नारायणगढ सडक खण्डमा एकसाथ १५ वटा नयाँ पुल निर्माण गरिँदै

मुग्लिन-नारायणगढ सडक खण्डमा एकसाथ १५ वटा नयाँ पुल निर्माण गरिँदै

नेपालखबर
चैत ५, २०७७ बिहिबार १:१०,

मुग्लिन–नारायणगढ सडक खण्डमा १५ वटा नयाँ पुल निर्माणको काम सुरु भएको छ । यो सडक खण्ड दुई वर्षअघि मात्र चौडा पारिएको थियो।

सडक फराकिलो हुने तर पुल भने पुरानै साँघुरो अवस्थामा हुँदा सवारीसाधनको जाम नहटेपछि दुईवटा प्याकेजमा १५ वटा पुल निर्माण कार्य सुरु भएको खबर आजको गोरखापत्र दैनिकले छापेको छ।

पहिलो प्याकेजमा मुग्लिनदेखि सिमलतालसम्म सातवटा र दोस्रो प्याकेजमा सिमलतालदेखि जुगेडीसम्म आठवटा पुल निर्माण सुरु भएको मुग्लिन–नारायणगढ सडक विस्तार आयोजनाका सूचना अधिकारी सविना रानाभाटले जानकारी दिए।

दोस्रो प्याकेजका आठवटै पुलको डिजाइन स्वीकृत भइसकेको छ । आठवटामध्ये छवटा पुलको निर्माण काम सुरु भइसकेको उनले बताए।
पहिलो प्याकेजका पुल निर्माण गर्न करिब ६८ करोड रुपियाँ र दोस्रो प्याकेजका पुल निर्माण गर्न ५९ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ ।

दुईवटै प्याकेजका पुल निर्माणको जिम्मा अनक कन्स्ट्रक्सन कम्पनीले पाएको छ । पुल निर्माण गर्न ठेकेदार कम्पनीसँग २०७६ चैत १० गते सम्झौता भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad