छापा खबर


नयाँ वर्षमा सिस्नु दलेर शुभकामना!

नयाँ वर्षमा सिस्नु दलेर शुभकामना!

नेपालखबर
बैशाख २, २०७८ बिहिबार १:४१,

अहिले फेसबुक, ट्वीटर, भाइवर र एसएमएसमार्फत् नयाँ वर्षको शुभकामनाका शब्दहरू लेखेर एकअर्कामा साटासाट गर्दै आएका छन् नयाँ पिढीँ। सामाजिक सञ्जाल हिजोआज रंगिएको छ नयाँ वर्षको शुभकानाका पोष्टर, तस्बिर तथा शुभकामनाका शब्दहरुले।

तर, सुदूरपश्चिममा भने नयाँ वर्षको शुभकामना दिने प्रचलन बेग्लै छ। यहाँ एक अर्कोबीच सिस्नु दलेर शुभकामना आदान प्रदान गरिँदैछ। यो खबर आजको नागरिक दैनिकमा पुष्पराज जोशीले लेखेका छन्।

सुदूरपश्चिममा नयाँ वर्षको दिन ‘विषु पर्व’ भन्दै एकअर्काबीच सिस्नु लगााएर शुभकामना साटासाट गरिँदैछ। गएको वर्षको पाप र खेतबारीमा काम गर्दा लागेका विषहरू नष्ट गर्न एक आपसमा सिस्नुको हाँगाले छ्याप्दै विषु पर्व (नयाँ वर्ष) मनाउने गरिन्छ।

काम गर्दाका समयमा लागेका विष विषु पर्वका दिन सिस्नुले छ्यापेमा नष्ट हुन्छ भन्ने धारणा सुदूरपश्चिममा रहेको छ। शरीरमा सिस्नु लाग्दा विभिन्न रोग समेत नष्ट हुने डोटी वायलकी सम्झना जोशी बताउँछिन्। ‘सिस्नु शरीरमा लगाउँदा औषधिको काम गर्छ,’ उनले भनिन्, सिस्नु लगाउँदा शरीरमा चिलाउने रोग सञ्चो हुने उनी बताउँछन्। नयाँ वर्षमा सिस्नु लगाएमा शरीरमा लागेको विष नष्ट हुन्छ भन्ने विश्वास रहेको बताउँदै उनले भनिन्,‘पुर्खौदेखिको संस्कृति भएकाले हामी पनि सिस्नु लगाउन एकअर्काबीच प्रतिस्पर्धा गर्छौ।’

विषु पर्वकै दिन डोटी, डडेल्धुरा, अछाम, बझाङ, बाजुरा, बैतडी र दार्चुलामा डेउडा खेल्ने तथा विभिन्न ठाउँ तथा परिवेश अनुसार फरक–फरक खेल, पूजाआजा गरिने भए पनि सिस्नु दलेर शुभकामना दिने प्रचलन भने सबै ठाउँको एउटै छ।

विषु पर्वका दिन सिस्नु नलगाए पनि सबैले सिस्नुको हाँगासम्म छुनुपर्ने मान्यता छ। विषु पर्वका दिन शरीरमा सिस्नु नलगाउने व्यक्तिलाई लखेटेर भए पनि सिस्नु लगाउने गरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .