छापा खबर


पद जोगाउन ओलीले राजनीतिक अस्त्र प्रयोग गर्ने, सांसद लुकाउने सम्मको अनुमान

पद जोगाउन ओलीले राजनीतिक अस्त्र प्रयोग गर्ने, सांसद लुकाउने सम्मको अनुमान

नेपालखबर
बैशाख २७, २०७८ सोमबार १:१३,

माधव नेपाल समूहलाई फकाउन सकेमा ठाकुर समूहलाई फकाउन सकिन्छ कि भन्ने आशामा प्रधानमन्त्री ओली देखिएका छन्।

संसदमा बहुमत पुर्याउन १३६ मत आवश्यक पर्दछ । एमालेमा माधव नेपाल समूहसहित १२१ मत छ । प्रधानमन्त्री ओलीले माधव नेपाललाई सहमति गर्दै जसपाका ठाकुर समूहलाई फकाउन सोमबार संसद बस्नुअघि ओलीले कुनै अस्त्रको प्रयोग गर्न सक्ने अनुमान भइरहेको छ।

निर्वाचनसम्म आफू नै प्रधानमन्त्री बनिरहन चाहेको कारणले पनि उनले आफू प्रधानमन्त्री नहुने भए जुनसुकै कदम पनि चाल्न सक्ने खतरा देखिएको खबर आजको नागरिक दैनिकले छापेको छ।

पटकपटक राष्ट्रपति विद्या भण्डारीसँगको भेटपछि ओलीले चाल्ने सम्भावित कदमप्रति यतिबेला सबै राजनीतिक दल सशंकित र सचेत देखिएका छन्।

माओवादी केन्द्रका कतिपय नेताले त आफ्नो पक्षमा बहुमत नपुग्ने अवस्था आएमा ओलीले सांसद लुकाउन पनि सक्ने अनुमान गरेका छन् । कोरोना भाइरसको निहुँ पनि उनका लागि उम्कने बाटो हुनसक्ने देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .