ad ad

छापा खबर


सार्क राष्ट्रमा ओरालो लाग्दै कोरोना संक्रमण, हेर्नुस् तथ्यांक

सार्क राष्ट्रमा ओरालो लाग्दै कोरोना संक्रमण, हेर्नुस् तथ्यांक

नेपालखबर
जेठ २१, २०७८ शुक्रबार १:१९,

सार्क राष्ट्रमा कोरोना संक्रमण अवस्था केही दिनयता ओरालो लाग्दोक्रममा पाइएको छ।

सम्बन्धित देशका स्वास्थ्य मन्त्रालयको तथ्यांक आधार मान्दा सार्क राष्ट्रमा कोरोना संक्रमणदर ओरालो लाग्दै गएको खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।

पछिल्लो २४ घण्टा अवधिमा भारतमा ८० हजार २ सय ३२ जनामा संक्रमण र २ हजार ८ सय ८७ जनाको मृत्यु भएको छ । यसअघि, भारतमा दैनिक झन्डै २ लाखसम्ममा संक्रमण देखिने गरेको थियो । त्यस्तै, बंगलादेशमा पछिल्लो तथ्यांकअनुसार एकै दिन १२ हजार ७ सय २४ जनामा संक्रमण देखिएकोमा ३० जनाको मृत्यु भएको छ।

अफगानिस्तानमा १ हजार ४५ जनामा संक्रमण देखिएकोमा ३३ जनाको मृत्यु भएको छ । श्रीलंकामा २४ घण्टामा ३७ जनामा संक्रमण र चार जनाको मृत्यु भएको छ । माल्दिभ्समा ७ सय ४ जनामा संक्रमण देखिँदा दुईको मृत्यु भएको छ।

पाकिस्तानमा २ हजार २८ जनामा संक्रमण देखिँदा ९२ जनाको मृत्यु भएको छ । भुटानमा एकै दिन ७ जनामा संक्रमण देखिएको छ । नेपालमा भने पछिल्लो २४ घण्टामा ६ हजार ८ सय २५ जनामा संक्रमण देखिँदा ७५ जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा १८ हजार ५ सय ६२ जनाको पीसीआर र ३ हजार २ सय ११ जनाको एन्टिजेन परीक्षण गरिएको छ । देशभर १ लाख १ हजार ८ सय ३९ जना संक्रमित रहेका छन् । बिहीबार ५ हजार ९ सय ४ संक्रमित निको भएका छन् । ८ सय ३१ क्वारेन्टाइनमा छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .